You are here

जीएसटी काउन्सिलले 177 वस्तुमाथि कम गऱ्यो दर: यी वस्तुहरूको दरमा भयो कमि

गुवाहाटी: जीएसटी काउन्सिलले चकलेट देखि लिएर डिटर्जेन्ट पाउडरसम्म आम मानिसहरूले प्रयोग गर्ने 177 वस्तुमाथि जीएसटीको दरमा कम्ती गरेको छ। संशोधित कर दरअनुसार यी वस्तुहरूबाट जेएसटी दर 28 प्रतिशतबाट घटाएर 18 प्रतिशत बनाउने निर्णय गरेको छ। बिहारका उपमुख्यमन्त्री सुशील कुमार मोदीले यस आशयको जानकारी दिएका हुन्। सुशील मोदीले शुक्रवार यहाँ संवाददाताहरूलाई सम्बोधन गर्दै बताएअनुसार जीएसटी परिषदले 28 प्रतिशतको सर्वाधिक कर दर भएको स्ल्याबमा वस्तुहरूको संख्यालाई घटाएर केवल 50 बनाएको छ, जुन पहिला 227 थियो। जीएसटी परिषदले यहाँ आफ्नो 23औं बैठकमा आज 177 वस्तुहरूमाथिको कर दर घटाएको हो।

उल्लेखनीय छ, विपक्षी दलद्वारा शासित राज्यहरूले व्यापक खपत भएका वस्तुहरूलाई28 प्रतिशत करको परिधिमा राखेकोमा विरोध गरिरहेका थिए। जीएसटी दरकोयो स्ल्याबमाधेरैजसो लग्जरी र अहितकर वस्तुहरूलाई राखिएका छन्। दर तय गर्ने फिटम्यान्ट समितिले 28 प्रतिशतकोस्लाबमा आउनेवस्तुहरूको संख्यालाई घटाएर 62गर्ने सुझाउ दिएको थियो, जबकि जबकि परिषदलेयसमा वस्तुहरूको संख्यालाई घटाएर 50गरेको छ। देशमा नयाँवस्तु एवं सेवाकर (जीएसटी) प्रणाली गत 1 जुलाईदेखिलागू गरिएको थियो। यसमा पाँच कर स्ल्याब शून्य प्रतिशत, पाँच प्रतिशत, 12 प्रतिशत, 18 प्रतिशत र28 प्रतिशत राखिएको थियो।

सुशील मोदीलेभने, ‘28 प्रतिशत कर स्ल्याबमा227 वस्तुथिए। फिटम्यान्ट समितिलेयसमा वस्तुहरूको संख्या घटाएर 62 गर्ने सुझाउ दिएको थियो, जबकि जीएसटी परिषदलेयसभन्दा अघि बढ़ेर अझ 12 वस्तुलाई यसको परिधिबाट हटाउने निर्णय गऱ्यो।’ सुशिल मोदीले 28 प्रतिशत कर दरको श्रेणीमा अब केवल अहितकर तथागैरअनिवार्य सामान मात्र रहेको बताए। सुशील मोदीलेभने ‘यसैले आज जीएसटी परिषदलेऐतिहासिक निर्णय गर्दै 28 प्रतिशत जीएसटी दरमाकेवल 50 वटा वस्तुमात्र राखेको छ।

यो स्ल्याबबाटहटाइएका वस्तुहरूको कर दर 18 प्रतिशत गरिएको छ।’ रंग रोगन रसिमेन्टलाई 28 प्रतिशतकैपरिधिमा राखिएको छ। ‘वाशिङ मशीन र एयर कन्डिशनरजस्ता लग्जरी उत्पादलाई 28 प्रतिशत जीएसटीको परिधिभित्रै राखिएको छ, उनले भने। बिहारका उपमुख्यमन्त्रीले यसबारे थप बताएअनुसार जीएसटी परिषदकोआजकोयो निर्णयले राजस्वमाथिअसर 20,000 करोड़ रुपियाँ वार्षिक हुने बताए। सुशील मोदी ने कहा, 28 प्रतिशत स्ल्याबलाई बिस्तारै 18 प्रतिशतमा ल्याउने कुरामा सहमति थियो।तर यसमा समय लाग्नेछ। किनभने यसको प्रभाव सरकारी कोषमा पर्नेछ।

के के सस्तो भए साबुन,डिटरजेन्ट पाउडर,हाते घड़ी,ग्रेनाइट, मार्बल, शेम्पू, आफ्टर शेभ, स्कीन केयर, डियोड्रेन्ट, क्यामेरा, वालेट, शपिङ ब्याग, सुटकेस, चुइगम, चकलेट। जीएसटीदरघटेपछि यसको प्रभावबारे अहिले नै भन्न गाह्रो कुरा हो। तर जीएसटीगर घटेपछि राजस्वमा कमी आउने अनुमान गरिएको छ। जीएसटीमाट्याक्सको दर कम गरिँदा सरकारमाथि 20,000 करोड़को बोझ हुनेछ। स्मरण रहोस्, सरकारलाई शुरुको तीन महिनामा 2.78 लाख करोड़को राजस्व प्राप्त भएको थियो। जानकारीअनुसार कुल 47 लाख व्यवसायीहरूले जीएसटीआर-1 दाखिल गरे। यसबाहेक कुल 21 लाख व्यवसायीहरूले जीएसटीआर-2दाखिल गरे। जीएसटी परिषदको बैठकअनुसार कम्पोजिशन स्कीमकोक्षेत्र बढ़्ने सम्भावना छ। कम्पोजिशन स्कीममाजीएसटी दरलाई पनि एक रेट गर्ने प्रस्ताव सुझाएको छ। कम्पोजिशन स्कीमको क्षेत्र बढ़ेविशेषगरी ससाना व्यवसायीहरूले ठूलो राहत पाउनेछन्। उल्लेखनीयहोस्, जीएसटीपछि स-साना व्यवसायीहरूमा असन्तुष्टि व्यापक थियो। सामान्य रूपमा ससाना व्यवसायीहरूलाई भाजपाको परम्परागत भोटर मानिन्छ।

यसैले यो फसेलाले पार्टीविरुद्धससाना व्यवसायीहरूको असन्तुष्टि हटाउने कोशिशको रूपमा हेरिँदैछ। खबरअनुसार जीएसटी काउन्सिलको बैठकमादैनिक उपभोग्य धेरै सामग्री सस्तो हुनसक्छन्। सरकार सरकार वस्तुसस्तो गरी मानिसलाई राहत दिने कोशिशमा लागिपरेको छ। यसै सूचीमा एसीननएसी रेस्टुरेन्टबीच ट्याक्स समाप्त गर्ने खबर पनि प्रकाशमा आइरहेको छ, जसले रेस्टुरेन्टमा खाना सस्तो हुनसक्छ। अहिले एसी रेस्टुरेन्टका लागि जीएसटीदर 18 तथा ननएसी रेस्टुरेन्टका लागि वर्तमान जीएसटीको दर 12 प्रतिशत छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares