भारतकी सुन्दरी मानुषी छिल्लरले जितिन् मिस वर्ल्ड २०१७ –को उपाधि

बेजिङ:

भारतकी सुन्दरी मानुषी छिल्लरले मिस वर्ल्ड २०१७ –को उपाधि जितेकी छन्। यहाँ भएको सुन्दरी प्रतियोगितामा मानुषीले १०८  प्रतिभागीहरूलाई पछि पार्दै यो उपाधि जितेकी हुन्। हरियाणामा जन्मेकी यी २० वर्षीया भारतीय सुन्दरी हाल दिल्लीमा बस्छिन्। मानुषीले मिस वर्ल्डको उपाधि जितेपछि १७  वर्षपछि यो उपाधि पुनः भारत फर्किएको छ। मानुषीभन्दा अघि अन्तिमपटक सन् २००० मा प्रियङ्का चोपड़ाले यो प्रतियोगिता जितेकी थिइन्।

भारतका लागि सबैभन्दा अघि सन् १९६६ –मा रीता फारिया मिस वर्ल्ड बनेकी थिइन्। यसपछि १९९४ –मा ऐश्वर्या राय, १९९७ मा डायना हेडन, १९९९ -मा युक्ता मुखी र २००० -मा प्रियङ्का चोपड़ाले यो उपाधि जितेकी थिइन्।

यसबाहेक भारतको नाममा दुईवटा ब्रह्माण्ड सुन्दरीको उपाधि पनि छ। सबैभन्दा पहिला १९९४ –मा  सुष्मिता सेन र फेरि २००० –मा लारा दत्ताले ब्रह्माण्ड सुन्दरीको उपाधि जितेकी थिइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares