You are here

हेडमास्टरले मोबाइल पछारेर फुटाइपछि उत्पन्न भयो झमेलाः अभिभावक अनि स्कूलपक्षको भयो सभाः स्कूलमा मोबाइल फोन प्रतिबन्धित गर्ने निर्णय

डुवर्स: अब उपरान्त कसैले पनि विद्यालयमा मोबाइल फोन लिएर आउन नपाउने निर्णय स्कुलकतृर्पक्षले लिएको छ। मोबाइल फोनले चीचीला विद्यार्थीहरूको दिमागमा नराम्रो असर पार्ने गर्छ। ब्लुव्हेल गेमको प्रभावमा विद्यार्थी नानीहरू परेकाले यो निर्णय लिएको बङ्गला हाइ स्कूलका प्रधानाध्यापक पीनाकी सरकाले बताएका छन ।

आज नगरकट्टा खण्डको बङ्गला हाई स्कूलमा अभिभावक अनि स्कूल प्रबन्धन पक्षको एउटा विशेष सभा सम्पन्न भयो। सभामा लामो छलफलपछि विद्यार्थीहरू अबउपरान्त विद्यालयमा मोबाइल फोन लिएर आउन नपाउने निर्णय लियो। केही दिनअघि यस स्कूलका एकजना उच्च श्रेणीमा पढने छात्रले कक्षामा मोबाइल फोन खेलाएको भेटाएपछि हेडमास्टरले मोबाइल पछारेर फुटाइ दिएका थिए। त्यसपछि छात्र अनि शिक्षकमाझ केही समस्या सृजना भयो।

आज यसै विषयलाइ लिएर नै अभिभाव अनि स्कूलपक्षको सभा भएको हो। सभाले अबउपरान्त कुनै विद्यार्थीहरूले विद्यालयमा मोबाइल फोन लिएर आउन नपाउने स्कूलका हेडमास्टर पिनाकी सरकारले बताए। यसलाई लिएर एउटा कमिटी पनि गठन गरिएको छ। कमिटीमा अभिभाव अनि शिक्षकहरू पनि रहेका छन्। कुनै पनि विद्यार्थीहरूसित मोबाइल भेटाए यस कमिटीले नै अन्तिम निर्णय लिने भएको छ। यसमा दुवै पक्षले सहमती जनाएको छ। अभिभावक मोलय राय अनि जयपाल हेलाले भने, यसमा हाम्रो कुनै आपत्ति छैन। विद्यार्थीहरू स्कूलमा पढन आउँछन्, उनीहरुले असल शिक्षा लिएको हुनुपर्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares