You are here

बानरहाटमा पञ्चायत चुनाउअघि तृणमूलाई ठूलो सफलता

डुवर्सः तृणमूल कङ्ग्रेसले पञ्चायत चुनाउअघि बानरहाटमा ठूलो सफलता हासिल गरेको छ।  आरएसपी अनि कङ्ग्रेसका लगभग 3 सयभन्दा अधिक परिवार कङ्ग्रेसका पञ्चायत सदस्य सुरज शर्मा अनि आरएसपीका देवपाडा चियाबारीका यूनीट नेता कान्छा छेत्रीको नेतृत्वमा सत्ताधारी दल तृणमूल कङ्ग्रेसमा सामेल भएको छ। बानरहाट तृण्मूल कङ्ग्रेस साङ्गठनिक ब्लक सभापति राजु गुरुङले सामेल हुनेहरुलाई दलीय झण्डा दिएर पार्टीमा स्वागत जनाएका थिए।

बानरहाट थाना अन्तर्गत रहेको देवपाडा चियबारीको प्राथमिक विद्यालयमा तृणमूल पार्टीको एउटा सभा सम्पन्न भएको थियो। जहाँ कङ्ग्रेसका पञ्चायत सदस्य अनि देवपाडा चियबारीका आरएसपी नेता तृण्मूलमा सामेल भएका थिए। सुरज शर्मा अनि कान्छा छेत्रीले भने, यस दलमा रहेर क्षेत्रको कुनै विकास नै भएन। जसले गर्दा हामीले आज आम सहमती लिएर तृणमूलका सामेल भएका हौँ। ममता नेतृत्वधिन सरकार राज्यमा आए पश्चात डुवर्समा धेरै विकासहरु भएको हामीले देख्यौँ। बानरहाटमा हिन्दी कलेज बनियो। अहिले नगरकट्टामा नवोदय स्कूल निर्माण हुने भएको छ। यही विकास अनि उन्न्यनलाइ साथ दिदै आफूहरू पनि यस दलमा सामेल भएको उनीहरूले बताए।

यता बानरहाट तृणमूल कङ्ग्रेस साङ्गठनिक ब्लक सभापति राजु गुरुङले चुनावउघि आज ठुलो सफलता हासिल गरेको दावी गरे। तिनले भने, बानारहाट 2 नम्बर ग्राम पञ्चायतमा 20 जना पञ्चायत सदस्यहरू रहेका थिए। जसमध्ये कङ्ग्रेस पार्टीका देवपाडा चियाबारीका पञ्चायत सदस्य सुरज शर्मा कङ्ग्रेस दललाई त्यागेर आज मा, माँटी, मानुसको सरकारमा सामेल भएपछि बानारहाट 2 नम्बर ग्राम पञ्चायतमा तृणमूलको पूर्ण कब्जा भएको तिनले बताए। यसले आगामी पञ्चायत चुनाउमा अवश्य पनि ठुलो प्रभाव पार्नसक्ने दावी गरे। बानरहाठ खण्ड अन्तर्गत रहेको जालापाडा वस्तीमा पनि दलको एउटा कार्यक्रम भएको थियो। जहाँ 21/228 बुथमा एउटा नया बुथ कमिटी गठन गरेर सभापति ज्ञाने छेत्री अनि सचिव कुमार छेत्रीलाई बनाइएको राजुले जानकारी गराए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares