बाथरूमबाट निस्कियो विशाल सर्पः जोगियो बन्सल परिवारको ज्यान

नगरकट्टा: सर्प विशेषज्ञ सैयद नैयमले आज एउटा परिवारको ज्यान जानबाट बचाएका छन्। घटना नगरकट्टा खण्ड अन्तर्गत नन्दु मोडको हो। आइतबार दिउसो स्थानीय अङ्कित बन्सलको घरको बाथरुममा एउटा विशाल आकार भएको कोब्रा साँप निस्किएको थियो। जुन साँपलाई उद्दर गरेर परिवारलाई दुर्घटना हुनबाट बचाइएको हो। सर्प विशेषज्ञ सैयदले सर्प उद्दर गरी खुनियाको जङ्गलमा छोडेका छन्।

अङ्कित बन्सल दिँउसो बाथरूममा नुहाउन भनी गएका थिए। अचानक बाथरूपमा विशाल शर्प देखेपछि तिनको होश नै उँडेको थियो। उनले कहालिँदै घरका मानिसहरूलाई बोलाए। पछिबाट नगरकट्टा क्षेत्रका कोबरा विशेषज्ञ सैयद नैयमलाइ बोलापछि बाथरूमबाट शर्पलाइ उद्धार गर्न सकिएको हो। उद्धार गरिएको कोबरालाइ बन अधिकारीहरूको उपस्थितीमा खुनियाको जङ्गलमा छोडिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares