You are here

विमलको वकिलले दिए अनितको प्रश्नको जवाब, भने हामी फीस नलिइ पनि लड्नसक्छौं

कालेबुङ: 22 नोभेम्बर।

सुप्रिम कोर्टले गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरूङको मुद्दामाथि दिएको आदेशपश्चात मीडियामा धेरै नै भ्रामक अनि  गलत सूचनाहरू फैलिएको बताउँदै विमल गुरूङका वकिल अनुप मित्रले एउटा विज्ञप्ती जारी गरेका छन्।

वकिल अनुप मित्रले मोर्चा प्रमुख बिमल गुरूङको पक्राउमाथि लागेको रोक अनि उनको पक्षमा मुद्दा लडिरहेका वकिलहरूको फीसलाई लिएर व्यापक भ्रामक तथा गलत कुराहरू मीडियामार्फत फैलिएको बताउँदै आज उक्त विज्ञप्ती जारी गरेका हुन्। न्यायालयद्वारा विमल गुरूङलाई दार्जीलिङ, कालेबुङ, खरसाङ लगायत तराई अनि डुवर्सका लगभग 3 सय नाम रहेको अनि नरहेको मुद्दाहरूमा हाल पक्राउ गर्न नपाउने अनि कुनै दण्डनीय कार्यवाही गर्न नपाउने समयावधि 14 दिनको मात्र रहेको कुरा खबरमा आएको भए तापनि उक्त कुरा सहि नरहेको वकिल मित्रले विज्ञप्तीमा बताएका छन्।

उनले विज्ञप्तीमा उल्लेख गरेअनुसार विमल गुरूङको पक्षमा सुप्रिम कोर्टले दिएको आदेश अघिल्लो सुनुवाई नभएसम्म यथावत रहनेछ। जबकी 14 दिनको समयावधि उनी लगायत राज्यलाई पनि जवाब दिनको निम्ति दिइएको समयावधि रहेको उनले बताएका छन्। हालमा विमल गुरूङले स्वतन्त्र रूपमा कुनै पनि आन्दोलन, कार्यक्रम अनि गतिविधिमाथि आफै निर्णय लिन सक्ने अधिकार रहेको मित्रले जनाएका छन्।

मोर्चा नेता अनित थापाले विमल गुरुङको वकिल फीसलाई लिएर उठाएका प्रश्नहरूमाथि पनि मित्रले विज्ञप्तीमा जवाब दिएका छन्।  अनित थापाले सर्वोच्च न्यायालयको वकिललाई दिनको ३० लाख रुपियाँ फीस दिनपर्ने अनि त्यत्रो पैसा मोर्चा अध्यक्ष बिमल गुरुङकोमा कहाँ बाट आयो? भन्ने प्रश्न उठाएका थिए। विज्ञप्तीमा उनले अनित थापाको नाम उल्लेख नगरे तापनि यस्ता प्रश्न उठाउने व्यक्ति मुद्दालाई लिएर दिइएको उच्च न्यायालयको आदेशले आत्तिएको अनि अज्ञानी प्रतिक्रियाहरू दिइरहेको वकिल अनुप मित्रले बताएका छन्।

उनले विज्ञप्तीमा भनेका छन्- “हामी पेशागत वकिलहरूलाई आफ्नो फीस तय गर्ने अधिकार स्वयंसित छ। हामी कोइबेला निशुल्क पनि मुद्दा लड्ने गर्छौं, यो हाम्रो नीजि निर्णयमाथि निर्भर गर्छ।”

सोही कारण वकिलहरूको फीस विषयलाई लिएर कुरा उठान गर्ने कुरालाई रोक्नुपर्ने मित्रले विज्ञप्तीमा बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares