फिजिकल फिट्नेस कालिझोडाको सभा सम्पन्न: राजमार्ग-10 क्षेत्रका युवाहरूलाई नशालु पदार्थको सेवनदेखि टाडा राख्न सचेतनामूलक कार्यक्रमहरू गर्ने निर्णय़

हाइवे, 4 दिसम्बर: फिजिकल फिटनेस कालिझोडाले क्षेत्रका युवाहरूलाई कुलतदेखि जोगाएर सुमार्गमा ल्याउने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने तय गरेको छ। फिजिकल फिटनेस कालिझोडाले क्षेत्रका नागरिकहरूलाई लिएर गरेको एउटा सभाबीच सचेतनामूलक कार्यक्रमहरू गरिने निर्णय भएको हो। फिट्नेश सेन्टरमा सम्पन्न भएको सभामा विशेष राजमार्ग क्षेत्रलाई नशालु पदार्थ सेवन, मानव तस्करी, बाल शोषण, नारी शोषण जस्ता कुकर्मलाई जराबाटै उखेल्नुपर्ने विषयमाथी चर्चा-परिचर्चा भएको थियो।

सुवास तामाङको सभापतित्वमा सम्पन्न सभामा समाजको विभिन्न समस्याहरूमाथि चर्चा भएको फिट्नेशका सभापती आनन्द शर्माले बताए। अर्कोतिर सभामा बोल्दै क्षेत्रवासी आनन्द घतानीले यस्ता कुकर्महरूको रोकथामका निमित्त युवा जमात सचेत भइ अघि आउनु पर्ने बताए। उनले भने, राजमार्गमा दिनहुँ नशालु पदार्थ ओसार-पसार भइरहेको छ भने राजमार्गका पुलिस प्रशासनले पनि यसलाई रोक लगाउन दिनहुँ कसरत गरिरहेका छ्न। यससित सङ्लग्न धेरै गुटहरूलाई पनि पक्राउ समेत गरिसकेका छन भने क्षेत्रका युवा जमात सचेत भएर पुलिस प्रशासनलाई यस महत्त्वपूर्ण कार्यमा सहयोग गर्नुपर्ने बताए।

यसरी नै सल्लाहकार अदित्य छेत्रीले पनि युवाहरूलाई यो लत देखि टाडा राख्न विभिन्न खेल प्रतियोगिता, सचेतनामुलक कार्यक्रमहरूको आयोजना गरिनु पर्ने बताएका छन। यता फिट्नेशका सभापती आनन्द शर्माले क्षेत्रका युवाहरूलाई सुबाटो अनि नराम्रो लत देखि टाडा राख्नु कै निम्ति गाउँमा उक्त सेन्टर खोलिएको बताए। उनले फिटनेशको माध्यमबाट गाउँमा धेरै कार्यक्रम हरू गरिसकेको बताउदै जिल्ला स्तरिय बडी बिल्डिङ कन्टेस्ट पनि गरिरहेको जनकारी गराएका छन।

यता सभामा यी सम्पूर्ण विषयहरूमाथी चर्चा भए पश्चात् आगामी जनवरी महिनादेखी हाइवेका विभिन्न ठाउँहरूमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिने प्रस्ताव ग्रहण गरेका छन। यसै प्रसङ्गमा सम्पूर्ण क्षेत्रका युवाहरूलाई लिएर खुल्ला म्याराथन दौड प्रतियोगिता पनि गर्ने निर्णय सभाले लिएको छ। उक्त दौड प्रतियोगिता रन विथ् रोशनीको संयुक्त आयोजनामा गरिने भनी सभाले प्रस्ताव पारित गरेको छ। विशेष उक्त दौड प्रतियोगिता युवाहरूलाई खेलकुदप्रति आकर्षण अनि नशालु पदार्थ सेवनदेखी टाडा रख्ने उदेश्यले गरिने पनि शर्माले थप जनकारी गराएका छन। आजको सभामा विशेष क्षेत्रवसी अर्जुन छेत्री, प्रमोद लामा, प्रणय विश्व कर्म ,देवकर रसाइली लागयत अन्य उपस्थित रहेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares