You are here

अभागोली पार्टीको मिल्ने कुरामा अन्योलता: ‘बङ्गालको छिटा परिसकेकोहरूसित हामी मिल्न सक्दैनौँ’

खरसाङ, 6 दिसम्बर: पहाडको पुरानो राजनैतिक पार्टी अखिल भारतीय गोर्खा लीगको विवाद र अन्तरकलह रोकिने नाम छैन। पार्टीभित्र रहेको विवाद रोकिएर मिल्ने कुरा उठेपनि आज अर्को पक्षको तर्फबाट यसलाई नकारेको छ। गोर्खा लीगको पक्षमा साङ्गठनिक सचिव सुदर्शन राईले पत्रकारहरुलाई बताए अनुसार बङ्गालको छिटा परिसकेकोहरूसित उनीहरू मिल्न सक्दैनन्। ‘यो फाटो समयले सिलाउँछ’-भन्ने बिप्लव राईको कुरालाई खण्डन गर्दै उनले भने,  फाटेको सिलाए पनि त्यसको दाग इतिहास भएर बस्छ। जुन दागले पार्टीको मात्र होइन सम्पूर्ण गोर्खा जातिको सिर निहुरिन्छ।

साङ्गठनिक सचिव सुदर्शन राईले अझ भने, ‘अखिल भारतीय गोर्खा लीगको पक्षमा पार्टीबाट निस्कासित नेतृत्वहरूले बिभिन्न किसिमको बयानबाजी गरेर जनतामा अन्योलता सृजना गर्ने चेष्टा गर्दैछन्। उनीहरू निस्कासित भइसकेका छन् अनि यस्तो किसिमको चरित्र भ्रष्ट भएकाहरूले देखाउछन् । चौकीमा राल काडेर लडाँइको समय बङ्गाल सरकारले डाकेको बैठकमा भाग लिएपछि गोर्खा लीग त के गोर्खाल्यान्ड भन्ने अधिकार समेत गुमाएको उनले बताए।

उनले  उनीहरूको सबै कसरत संयोज तामाङलाई तामाङ बिकास बोर्डको भाइस चेयरमेन बनाउने योजना रहेको भऩ्दै अन्तमा केही नपाएपछि उनीहरूले विभिन्न वयानबाजी गरिरहेको पनि राईले आरोप लगाए।

उनले भने, बङ्गालको चौकी र ठुटे सत्तामा राल चुहाएर चौकी ताक्ने हुँदा नै उनीहरूलाई पार्टीबाट निस्कासित गरिएको हो। अहिले हामी सुन्दैछौँ लक्ष्मण प्रधानले अवैध तरिकाले पार्टीको लेटर प्याड, स्ट्याम्प चलाउदैछ, जुन दिन तिनले पार्टीको स्ट्याम्प प्रयोग गरेको हाम्रो हात लाग्छ त्यही दिन हामी तिनी बिरुद्ध कानुनी कारवाही गर्छौँ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares