You are here

राष्ट्रिय राजमार्ग-10 बाट भारी मात्रामा नशालु पदार्थ उद्दारः सिक्किम निवासी दुई युवक पक्राउ

कालेबुङ, 6 दिसम्बरराष्ट्रिय राजमार्ग-10 बाट पुनः भारी मात्रामा नशालु पदार्थ उद्दार गरिएको छ। सिक्किम लाँदैगरेको नशालु पदार्थसितै पश्चिम बङ्गाल पुलिसले सिक्किम निवासी दुई युवकलाई पक्राउ गरेको छ।

कालेबुङ जिल्ला पुलिस अन्तर्गत मल्ली चेकपोष्टबाट नशालु पदार्थ उद्दार गरिएको हो। घटना अनुसार राती 11 बजीतिर सिलगढीबाट एउटा इनोभा गाडी (एसके 01 जेट 0535) सिक्किम गइरहेको थियो। मल्ली पुलिसले शङ्काको आधारमा उक्त बाहनलाई रोकेर छानबीन गर्दै गाडीबाट 95 बोतल फेनसाइरेक्स(कफ सिरप) उद्दार गरेको हो।

उक्त घटनामा गाडी चालक पूर्व सिक्किमको माक्खा निवासी बीरबहादुर लिम्बु(28) अनि सिक्किम सिङ्तामको सेरवानी नेवासी छिरिङ भोटिया(19) लाई पुलिसले पक्राउ गरेको छ। मल्ली चेकपोष्ट प्रभारी देवनारायण घिसिङ, एएसआई वरूण विश्वकर्म, एएसआई समिर लेप्चा अनि टोलीले राती 11 बजीतिर राष्ट्रिय राजमार्गको 7 माइल क्षेत्रबाट नशालु पदार्थ जफत गर्न सफल बनेको हो। पुलिस स्रोतका अनुसार आरोपी चालकले उक्त गाडीमा पर्यटकहरू बोक्ने गरेका थिए। त्यही गाडीमा सिलगढीबाट फर्कँदा नशालु पदार्थ ओसार-पसार गर्दै सिक्किम लाने गरेको आरोपमा पक्राउ गरिएको हो।

पक्रा परेका दुई युवकलाई पश्चिम बङ्गाल ड्रग्स एण्ड कसमेटिङ एक्ट 18 सी अनि 27 बी अन्तर्गत मुद्दा दर्ता गरेर आज कालेबुङ न्यायालयमा पेश गरियो।

राष्ट्रिय राजमार्-10 नशालु पदार्थ ओसार-पसार गर्ने एउटा प्रमुख मार्ग भएको छ। उक्त मार्गमा पुलिसले बारम्बार अभियान चलाएर नशालु पदार्थहरू उद्दार गरिरहेको भएपनि नशालु पदार्थ ओसारपसारको क्रम थामिएको छैन।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares