You are here

खरसाङमा हिल तराई प्राथमिक शिक्षक सङ्गठन केन्द्रीय समितिको सभा

खरसाङ, 6 दिसम्बर: हिल तराई प्राथमिक शिक्षक सङ्गठन केन्द्रीय समितिको सभा खरसाङको गोर्खा जनपुस्ताकालय भवनमा सम्पन्न भयो। सभापछि पत्रकार सम्मेलन गरेर सङ्गठनका सभापति केसाङ लामाले भने-गत ३० नोभेम्बरमा सभा बसेर हामीले सम्पूर्ण जीटीए क्षेत्रमा कार्यरत शिक्षक-शिक्षिकाहरूलाई लिएर अराजनैतिक रुपमा हिल तराई प्राथमिक शिक्षक सङ्गठन गठन गरेका थियौँ।

त्यसै अनुसार दोस्रो सभा गरेर पहिलो सभाको प्रस्तावहरूलाई अनुमोदन र समीक्षात्मक रुपमा केलाउन यो सभा गरिएको हो।  यस विषयमा बोल्दै सभापति केसाङ लामाले भने, ‘यो सभा सङ्गठनको साङ्गठनिकक ढाँचा अनुसार कसरी अघि बढाउने विषयमा चर्चा गर्दै यसबारेमा हामीले तीन तहको साङ्गठनिक ढाँचा रहनेछ।  तिनले केन्द्रीय समिति र यसको अधीनस्थ प्रशासनिक सर्जकहरु र क्षेत्रीय समिति अनि शाखाहरु रहने बताए।

पत्रकार सम्मेलनमा हिल तराई प्राथमिक शिक्षक सङ्गठनको केन्द्रीय महासचिव पूर्ण बहादुर राईले भने- आजको सभामा हामीले क्षेत्रीय समितिहरु गठन गर्न कन्भेनरहरु चयन गरेका छौँ। जसमा सभाले १४ वटा सर्कल कमिटीहरूको लागि कन्भेनरहरू चयन सभाले गरेको छ। यसमा दार्जीलिङ अरबनमा किशोर निरौला, दार्जीलिङ सदरमा शङ्कर राई, कालेबुङ जेनेरलमा रुपमणि प्रधान र ललित मुखिया, कालेबुङ शहरको लागि अशोक प्रशान्त, सुकेपोखरीको लागि सन्दीप बरदेवा, खरसाङको लागि सबिता गजमेर र आरती राई, पुलबजारको लागि पीएम तामाङ, मिरिकको लागि गिदोन राई, लोधोमाको लागि मिलन प्रधान,तीनधारेको लागि बिमल गुरुङ, आरआर सर्कलको लागि राजेन थापा, मंग्पुको लागि किशोर थापा, गोरुबथानको लागि काशीराम प्रधान र सोमकुमार गुरुङ चयन भएको जानकारी महासचिव पूर्ण बहादुर राईले पत्रकारहरुलाई बताए।

तिनले सभामा चयन भएका यी कन्भेनरहरुले आफ्ना आफ्ना क्षेत्रमा सङ्गठनको क्षेत्रीय समिति आगामी २० दिसम्बरभित्र गठन गरि सभापति सचिव र तीनजना सदस्यहरु केन्द्रीय समितिको कार्यकारिणी सदस्यको लागि पठाउन पर्ने पनि बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares