You are here

गोरामुमो तीनधारे सुकना समष्टीद्वारा छैटौं अनुसूची (एकड) दिवस पालन: छैटौँ अनुसूची राज्यभित्रको राज्य हो- गोरामुमो

खरसाङ, 6 दिसम्बर: गोरामुमो तीनधारे सुकना समष्टीद्वारा छैटौँ अनुसूची (एकर्ड) दिवस पालन गरियो। समष्टीको आयोजनामा बुधबार खरसाङको देवरालीस्थित सार्वजनिक भवनमा समष्टीका सल्लाहकार केबी राईको अध्यक्षतामा उक्त समारोह सम्पन्न भएको थियो। ‌सर्वप्रथम पूर्व अध्यक्ष स्व. सुवास घिसिङको तस्वीरमा मुख्य अतिथि र अन्य अतिथिहरुबाट माल्यार्पण र दीप प्रज्वलन गरियो।

सभालाई तीनधारे सुकना समष्टीका अध्यक्ष जेबी गुरुङले छैटौँ अनुसूची राज्यभित्रको राज्य हो भनी बताउँदै यस व्यवस्थामा राज्य विधानसभाको क्षमता हुन्छ भनी बताए। तिनले यस व्यवस्थामा आफैले शासन गर्ने क्षमता हुन्छ भन्दै छैटौँ अनुसुची मार्फत स्थायी राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक उन्नति हुने बताए।

त्यसैले छैटौँ अनुसूचि लागु गराउन हरियो झण्डा र गोरामुमोलाई सहयोग गर्ने आह्वान पनि तिनले गरे। समारोहमा मुख्य अतिथिको रुपमा उपस्थित पूर्व पार्षद एंव केन्द्रीय सदस्य आईएन प्रधानले १९८६ को आन्दोलन गरेर स्व. सुवास घिसिङको नेतृत्वमा दागोपाप थापेको र नागरिकता प्राप्त गरेको बताउँदै तर दागोपापले गोर्खाहरुको हित र  इच्छा आकांक्षा पूरा नहुने भएकाले सुवास घिसिङले केन्द्र र राज्यसित आन्दोलन नगरी आजकै दिन ६ दिसम्बर २००५ मा छैटौँ अनुसूचीको सम्झौता गरेको बताए।

तिनले पहाडमा यसको विरोध भएकोले छैटौँ अनुसूचीको बील पारित नभएको बताउँदै तिनले एचएडीसीबारे बोल्दै पार्टी अध्यक्ष मन घिसिङ कलकत्ता गएर यसको कार्य र क्षमता बुझ्ने तब मात्रै यो व्यवस्था स्वीकार गर्ने पनि बताए।समारोहलाई तीनधारे सुकना समष्टीको महासचिव प्रमोद थापा, जीएनडब्ल्युओ समष्टीको सभापति शिला प्रधानले पनि सम्बोधन गरेकी थिइन्। सभामा स्वागत वक्तब्य रमेश सुब्बाले राखे भने सञ्चालन राजु छेत्रीले गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares