You are here

मिरिक र सौरेनीमा छैटौँ अनुसूचि एकर्ड डे पालन

मनोहर शर्मा/ मिरिक 6 दिसम्बरगोरामुमोले बुधबार मिरिक र सौरेनीमा छैटौँ अनुसूचि एकर्ड डे पालन गऱ्यो। मिरिकमा गोरामुमो समष्टिले समष्टि कार्यालयमा अनि सौरेनी समष्टिले समष्टि कार्यालयमा एकर्ड डे पालन गऱ्यो। एकर्ड डे पालन गर्दै गोरामुमोले २००५ को ६ दिसम्बरमा भएको संविधानको छैटौँ अनुसूचि अन्तर्गत नयाँ हिल काउन्सिलको मेमोरेण्डम अफ् सेटलमेन्टलाई पूर्णरूपमा लागु गराउने माग जोडतोडले उठान गऱ्यो। छैटौँ अनुसूचिलाई केन्द्र सरकारले लागु गराउन अवागै तयारी र हस्ताक्षर भइसकेको मेमोरेण्डम अफ सेटलमेन्टलाई लागु गराउने माग गर्दै यसको निम्ति गोरामुमोसँग डायलग ओपन गर्ने माग पनि गऱ्यो।

वर्तमान जुन राजनैतिक परिस्थिति उत्पन्न भइरहेको छ त्यसलाई स्थायी समाधान दिन छैटौँ अनुसूचि लागु गर्न अनिवार्य भएको छ भन्दै छैटौँ अनुसूचि प्रदत्त संवैधानिक व्यवस्थामा न त राज्यको हस्तक्षेप हुन्छ न त केन्द्रले नै हस्ताक्षेप गर्नसक्छ भन्दै गोर्खाको भूभागको सुरक्षा र गोर्खाको राजनैतिक सुरक्षाको उत्तम व्यवस्था रहेको बताइयो। मिरिक समष्टि कार्यालयमा आयोजित एकर्ड डे कार्यक्रम सुवास घिसिङको तस्विरमा श्रद्धाञ्जली अर्पण गर्दै शुरू गरिएको थियो। समष्टि सचिव आलोक गुरुङले छैटौँ अनुसूचिको महत्त्व र गरिमामाथि प्रकाश पार्दै मेमोरेण्डम अफ् सेटलमेन्टमा रहेको अधिकारहरूमाथि विस्तृत जानकारी गराए। तिनले छैटौँ अनुसूचिले कुनै एक जात समूहलाईमात्र संरक्षण गर्दैन अपितु सबै गोर्खालाई संवैधानिक सुरक्षा दिनेछ भने।

‘छैटौँ अनुसूचि मात्र एउटा उपाय गोर्खाको हातमा छ। छैटौँ अनुसूचिको सम्झौता पनि भइसकेको छ। जुन फाइल केन्द्र सरकारकहाँ छ। त्यो फाइललाई ओपन गराएर संसदमा पेश गराउन सम्पूर्ण गोर्खाले छैटौँ अनुसूचिलाई समर्थन गरेर केन्द्रलाई दबाव दिनुपर्छ’-गुरुङले भने।

सचिव गुरुङले एकर्ड डे मनाउनुको औचित्य र कारणमाथि पनि प्रकाश पार्दै छैटौँ अनुसूचिको माग नमरेको अनि गोर्खाको माग छैटौँ अनुसूचि नै रहेको सन्देश दिनु रहेको बताए। तिनले जीटीए थापेर मोर्चाले गोर्खा जातिलाई ठूलो गद्धार गरेको छ भन्दै जसको नतिजा अहिले गोर्खाजातिले भोग्न परिरहेको बताए। रोशन गिरी र विमल गुरूङहरूले समय समयमा दिएको वयानहरूको उदाहरण दिँदै तिनले घुमाउरो तरिकाले छैटौँ अनुसूचिको समर्थन गरेको तर सत्ताको लोभले जनतालाई दिग्भ्रमित पारेको आरोप पनि लगाए।

कार्यक्रम डीबी घिसिङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो । पदम थामीले स्वागत भाषण गरेको कार्यक्रममा बीके तामाङ, सन्त कुमार राई, जगत प्रधान आदिले सम्बोधन गरे। हर्षउल्लासको साथमा मनाइएको एकर्ड डे कार्यक्रममा छैटौँ अध्यक्ष डीबी घिसिङले भने, अनुसूचि लागु चाँडै हुनेछ। सबै तयारी रहनुपर्छ। गाउँ-गाउँमा जनतालाई जागरूक गराउनुपर्छ। जनताले चाँडै सुखद खबर पाउनेछन्। अर्कोतिर गोरामुमोले  तराइमा पनि १३ औं छैटौँ अनुसूचि सम्झौता दिवस पालन गऱ्यो। जसमा बिशेष रुपले गोरामुमो केन्द्रिय समितिका सदस्य सचित गहतराज, गोरयुमो केन्द्रिय संयोजक आनन्द राई, गोरामुमो सौरेनी-पानीघट्टा तराइ समष्टी सभापति नवराज छेत्री, गोरायुमो तराइ संयोजक शरण प्रधान, काजी शर्मा, राजकुमार रिजाल, कर्ण प्रधान र बिशन लोहार आदिको उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares