You are here

पहाडको विषम परिस्थितिलाई बिनय तामाङ र अनित थापाले साम्य गरेका हुन्-डा. रोहित शर्मा

खरसाङ, 6 दिसम्बर: गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको तत्वाधानमा यहाँको धोबी खोलास्थित पार्टी कार्यालयमा साङ्गठनिक सभा सम्पन्न भयो। 29  नम्बर खरसाङ  गिद्ध पहाड समष्टीको 19 वटा शाखाहरू 10 वटा वार्डहरूलाई लिएर गोजमुमोको सभा समष्टी सभापति पेमेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भयो।

सभामा गोजमुमो पार्टीको साङ्गठनिक गतिविधिमाथि चर्चा गरियो। सभालाई महकुमाका प्रचार-प्रसार सचिव भक्तिमान तामाङले सञ्चालन गरेका थिए। सभामा खरसाङका विधायक डा. रोहित शर्माले पहाडको विगतको विषम परिस्थितिलाई बिनय तामाङ र अनित थापाले साम्य गरेको बताउँदै अब विकास कार्यमा ध्यान दिनुपर्ने अनि प्रत्येक नगरपार्षदद्वारा आ-आफ्ना वार्डहरूका समस्याहरू अघिल्लो सभामा पेश गर्न पर्ने बताए। तर त्यस सभामा नगराध्यक्ष र उपाध्यक्ष पनि उपस्थित हुनुपर्ने बताएका छन्।

विधायकले अब राजनीतिक ढाँचा नौलो प्रकारले तयार पार्नु पर्ने बताउँदै गाउँ-गाउँमा विकासको लागि पञ्चायती व्यवस्था मिलाएर अघि बढ्नु अनि गाउँका प्रतिनिधिहरूले सठिक रूपमा गाउँमा विकास गर्न निष्पक्ष भावनामा गाउँको खाँचो पर्नेहरूलाई ध्यानमा राखेर काम गर्नुपर्ने पनि बताएका छन्।

तिनले गिताञ्जली आवास योजना अन्तर्गत काम लागु भइरहेको बताए। तिनले १४०० करोडको पेयजल योजना पारित भइसकेको बताउँदै माइनोरिटी बोर्डमा के कस्तो सहुलियतहरू छन् त्यो बोर्ड सदस्यहरुले कलकत्ता धाएर भएपनि बुझ्नु पर्छ भनी बताएका छन्।

विधायक डा० रोहित शर्माले अघि भने- आईसीडीएसमा कतिपय पदोन्नति, नयाँ सेन्टरहरु र कैयौँ समस्याहरू लिएर आईसीडीएस बोर्ड सदस्यहरुरूले पहल गर्नुलाई कलकत्ता जानु जरूरी छ। तिनले तीन महिने वेतनमा क्याजुयल लिभ होइन स्पेशल लीभको संशोधन गर्नपर्ने अनि स्कूल सर्भिस् कमिशन लागु गरेर एडहक कमिटी बनाउनु पर्छ भनी बताएका छन्। सभामा गोजमुमो खरसाङ महकुमा समितिको महासचिव अनोश थापाले गोजमुमो पार्टी एउटै भएपनि वैचारिक भिन्नताले हामी अन्यौलमा परेका छौं।हामीमाझ हिंसात्मक र अहिंसात्मक नीतिले छुट्टाएको छ भन्दै जनताको हितको काम गर्दै अघि बढ्न पर्ने बताए।

महासचिव थापाले प्रत्येक गोर्खामा गोर्खाल्याण्डको भावना छ भन्दै त्यसैले यसको लागि केन्द्रीय रुपमा काम गर्दै जानु पर्ने तर राज्य सरकारसित पनि मिलेर विकासको कार्यहरु गर्न पर्ने पनि बताएका छन्। सभामा खरसाङ महकुमा समितिको सभापति किशोर थापाले सभाहरु लगातार गरिरहनु पर्ने कारण सभा नै सङ्गठनको मेरुदण्ड हो भनी बताए। सभामा महकुमा सदस्य राजु शर्मा, राजु लामा, नारी मोर्चा सह सचिव सुष्मा सिंहले पनि वक्तब्य राखेका थिए।सभामा जीटीए बोर्ड अफ् एडमिनिष्टेसनको सदस्याहरू अनु प्रधान र जैतुन निशा पनि उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares