You are here

गोजमुमो टोलीद्वारा रोङ्गो ग्राम पञ्चायत अधिकारीसित भेट

कालेबुङ, 6 दिसम्बर: क्षेत्रका विविध समस्याहरूलाई लिएर गोजमुमोको एउटा टोलीले रोङ्गो ग्राम पञ्चायत कार्यालयमा अधिकारीसित भेट गर्दै विविध समस्याहरूबारे चर्चा गरेको छ। गोजमुमो 44 नम्बर समष्टि सचिव विरण गुरुङको नेतृत्वमा एउटा टोलीले ग्राम पञ्चायत कार्यालयमा गएर ग्रामीण क्षेत्रका मानिसहरूले भोगिरहेको समस्याबारे अवगत गराएको हो।

उक्त टोलीले ग्राम पञ्चायत कार्यालयद्वारा प्रदान गरिने सहुलियतहरू ग्रामीण स्तरका मानिसहरूले ठिकसित नपाइरहेको विषय उठान गरेको छ। एसटी, एसटी, ओविसी प्रमाण-पत्र बनाउँदा भोग्नपरेका समस्या अनि मनरेगा, पीएमएवाई, माइनोरिटी लोन, पेन्सन, बीएडीपी स्किमबारे पनि चर्चा गरियो। यस सम्बन्धमा पञ्चायत अधिकारीहरूबाट ठिकसित पहल  नभए माथिल्लो तहसम्म पुग्ने समष्टि सचिव विरण गुरुङले बताएका छन्।

‘हामी धेरै पछाडिएका छौँ, आजसम्म नेताहरूले जनतालाई आँखामा धुलो हाल्ने काम मात्र गरे’-समष्टि सचिव विरण गुरुङले भने, ‘अब हुने विकास कार्यमा भाइ-भतिजावाद हुँदैन।’

गुरुङले अब विकास कार्य पादर्शी अनि इमान्दारिपूर्वक हुने भन्दै आगामी दिनमा 44 नम्बर समष्टिका सबै पञ्चायत कार्यालयमा पुगेर विकास कार्यबारे चर्चा गरिने बताए।

अहिले 44 नम्बर समष्टिमा शाखा-प्रशाखा गठन गर्ने कार्य भइरहेको बताउँदै यो प्रक्रिया पूर्ण भएपछि समष्टि स्तरीय जनसभा गर्ने योजना रहेको गुरुङले बताए।

पञ्चायत अधिकारीसित भेट गर्ने टोलीमा गैरिवास 52 व्लकबाट किपा छिरिङ भेटिया अनि सन्तोष तामाङ्ग, झोलुङबाट नरेन विश्व, विक्की गुरुङ अनि समष्टि सदस्य राजेन राई, बिवत राई साथै सोनाम शेर्पा लगायत फूर्वा पायमीको पनि उपस्थिति रहेको थियो।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares