रिम्बिक लोधोमा समष्टिबाट गोरामुमोमा सामेल

रिम्बिक, 7 दिसम्बर:  रिम्बिक लोधोमा समष्टि अन्तर्गत लामागाउँ रेलिङ शाखा अप्पर लामागाउँबाट फेरि 15 घरले गोरामुमो दामन थामेको छ। स्थानीय कल्स्टर भवनमा फुर्वा साङेगेको सभापतित्वमा बसेको सभामा उनीहरू पार्टीको साधरण सदस्यको रूपमा प्रवेश गरेका हुन।

सभामा एनडी राई समष्टि उपसभापति , राजु पोख्रेल समष्टि सहसचिव,  आर सी गुरुङ ब्रान्च कमिटी सदस्य,  प्रेम लिम्बू सभापति लामागाउँ शाखा, हर्कबहादुर लामिछाने भिलेज चिप साम्सु लगायतको विशेष उपस्थिति थियो।

‘समष्टिभरि हरियो बनाउने हाम्रो सपना अब चाडै पुरा हुनेछ विभिन्न शाखाबाट दैनिक रूपमा पार्टी बिस्तार भइरहेको छ’-प्रेम लिम्बुले भने, ‘गोरामुमोले जनतालाई धोका नदिने भएकोले नै सबैले गोरामुमोलाई बिश्वास गरिरहेको छ।’

गोरामुमोको माग हिल एरिया डेभलोप्मेन्ट काउन्सिल नरहेको अनि छैटौँ अनुसूची मार्फत नै गोर्खाल्याण्डसम्म पुग्ने कुरामा आफूहरू विश्वस्त रहेको तथा जाति र माटो बचाउन पार्टी अगाडि आएको आरसी गुरुङले बताए।

शिव लिम्बुदारा सञ्चालित कार्यक्रममा सङ्गठनबारे व्यापक रूपमा चर्चा भएको जानकारी राजु पोख्रेलले गराएका छन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares