You are here

गुजरात चुनाउ: पहिलो चरणको प्रचारको अन्तिम दिन, पीएम मोदीले 10 हजार कार्यकर्तासित फोनमा कुरा गर्ने

पहिलो चरणमा 89 सिटमा 977 उम्मेदवार चुनावी मैदानमा छन्, जसमा मुख्यमन्त्री विजय रूपाणी पनि सामेल छन्


अहमदाबाद, 7 दिसम्बर: गुजराज विधानसभा चुनाउको पहिलो चरणको निम्ति प्रचार गर्ने अऩ्तिम दिन बिहिबार हो। प्रधानमन्त्री मोदीको निम्ति यो प्रतिष्ठाको चुनाउ हो। जबकी कङ्ग्रेस अध्यक्षको पद् सम्हाल्न गइरहेका राहुल गान्धीको निम्ति यो चुनाउ लिटमिस टेस्ट हो। पहिलो चरणमा 89 सिटमा 977 उम्मेदवार चुनावी मैदानमा छन्, जसमा मुख्यमन्त्री विजय रुपाणी पनि सामेल छन्।

राजनैतिक पण्डितहरूका अनुसार जुन पार्टीले सौराष्ट्र र कच्छमा धेर सिट हासिल गर्छ उसलै गुजराजमा सरकार बनाउने चान्स हुन्छ। 2012 को चुनाउमा सौराष्ट्र र कच्छमा 58 सिटमध्ये बीजेपीले 35 सिट जितेको थियो। यसरी नै 2007 मा सौराष्ट्र र कच्छमा बीजेपीले 43 र कङ्ग्रेसले 14 सिट पाएको थियो। अर्कोतर्फ, अन्तिम चरणको चुनाउ 14 दिसम्बरमा हुनेछ। भोटको गन्ती 18 दिसम्बरमा हुनेछ।

एकातिर गुजरातमा पहिलो चरणको चुनाउ प्रचार आजदेखि बन्द हुन गइरहेको छ भने अर्कोतिर मतदाताहरूलाई लोभ्याउने कोशिश जारी छ। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार गुजरात बीजेपीको एससी-एसटी मोर्चाका कार्यकर्ताहरूसित अडियो संवाद गर्नेछन्। जसलाई मतदाता लोभ्याउने कोशिशकै रूपमा हेरिएको छ। यसका साथै गुजरातको तटीय क्षेत्रका बीजेपी कार्यकर्ताहरूसित पनि पीएम मोदीले अडियो संवाद गर्नेछन्। प्रधानमन्त्रीले ओखी तुफानबारे यी मानिसहरूको समस्या सुन्नेछन्। प्रधानमन्त्री आफैले ट्वीट गरेर यसको जानकारी दिएका छन्।

करीब 10 हजार कार्यकर्ताहरूलाई एकैसाथ पीएम मोदीको फोन जानेछ अनि अडियो ब्रीजको तक्निकद्वारा एकैसाथ सबैसित संवाद गर्नेछन्। पीएम मोदीले दिल्लीमा अम्बेदकर इन्टरनेशनल सेन्टरको पनि उद्घाटन गर्नेछन्। पीएमका अनुसार इसको माध्मयबाट युवाहरूलाई शोध गर्नमा सहयोग मिल्नेछ। यसरी नै प्रधानमन्त्रीले पहिलो चरणको मतदानको निम्ति बिहिहार सूरतमा एउटा जनसभालाई पनि सम्बोधन गर्नेछन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares