You are here

अलगडाले जनायो विनय-अनितलाई समर्थन

कालेबुङ: 7 दिसम्बर।

गोर्खा जनमुक्ति मोर्चाको अलगडा शाखाले आजदेखि विनय तामाङ अनि अनित थापा खेमालाई समर्थन जनाएको छ।

आज डेलोमा जीटीए उपाध्यक्ष अनित थापासित भेट गरेर अलगडावासीहरूले आफूहरूको समर्थन विनय तामाङ खेमासित रहेको जनाएका छन्। शाखाका अध्यक्ष सोनाम छिरीङ लेप्चा, सचिव सुमित छेत्री, दुष्यन्त तामाङ लगायत सम्पूर्ण पदाधिकारी साथै कार्यकर्ताहरूले विनय तामाङ खेमालाई सम्रर्थन जनाएको केसर थापा अनि सुमित छेत्रीले बताएका छन्।

उनीहरूले बताएअनुसार अलगडाको हितलाई मध्यनजर राख्दै अनि अलगडालाई जीटीए अध्यक्ष विनय तामाङले महकुमाको दर्जा दिन राखेको मागलाई सराहना गर्दै अलगडावासीले समर्थन जनाउने पहल गरेको हो। अलगडावासीलाई पर्चापट्टा दिलाउनु अनि अलगडामा एउटा अग्निशमन केन्द्र स्थापित गर्न आवश्यक रहेकाले सोही मागहरूलाई लिएर पार्टीबाट सहयोगको अपेक्षा राख्दै आफूहरूले समर्थन जनाएको पनि उनीहरूले बताएका छन्।

उनीहरूले बताएअनुसार अनित थापाले अलगडामा अग्निशमन केन्द्र स्थापित गर्न पहल गरिसकेका छन्। यसर्थ गोजमुमोको अलगडा शाखाले सम्पूर्ण भातृ सङ्गठनसितै विनय तामाङ अनि अनित खेमालाई समर्थन दिएको उनीहरूले जनाएका छन्

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares