You are here

छैटौँ अनुसूचि सम्झौता दिवसको अवसरमा नागरी समष्टिबाट गोजमुमो कार्यकर्ताहरू गोरामुमोमा सामेल

सजन शर्मा/सुके-पोख्रेबुङ, 7 दिसम्बर: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पोख्रेबुङ नागरी समष्टिको विभिन्न शाखाले शाखा स्तरीय रूपमा छैटौँ अनुसूचि सम्झौता दिवस पालन गरेको छ। यसै क्रममा धजे बस्ती अनि धजे चियाबारी शाखाको संयुक्त तत्वाधानमा पार्टी कार्यालय चौहाना डाँड़ामा आयोजित यस कार्यक्रमको अवसरमा धेरै समर्थकहरू गोजमुमोबाट गोरामुमोमा सामेल भएका छन्। दार्जीलिङ ब्राञ्च मेम्बर योगेन प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव मनोज राईले सञ्चालन गरेका थिए।

पार्टी साथै सम्पूर्ण भातृ सङ्गठनका पदाधिकारी, प्रतिनिधि अनि समर्थकहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा गोरामुमोमा सामेल समर्थकहरूलाई स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरियो। पार्टीमा सामेल समर्थकहरूमा धजे होप प्रशाखाबाट रामदीप राई, बिरेन्द्र शर्मा, प्रकाश मुखियासहित ८ जना, रानीवन प्रशाखाबाट सीबी सुब्बा, शरण ओझा, पुरण राईसहित ११जना, नौ नम्बर प्रशाखाबाट प्रणव राई र रोमिला खवास, धोबीखोला प्रशाखाबाट सरूणा छेत्री प्रमुख छन्। उपस्थित पदाधिकारी अनि एचएसटीओका भूपाल सुब्बाले छैटौँ अनुसूचिको महत्त्वमाथि प्रकाश पारेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares