You are here

तीनधारेमा फुटबल टुर्नामेन्ट शुरू: उद्घाटन म्याचमा दार्जीलिङ सजिलै विजयी

खरसाङ, 7 दिसम्बर: तीनधारेको राजबारी जनसेवा सङ्घको आयोजनामा यसवर्ष पनि नकआउट फूटबल टुर्नामेन्ट बिहिबारदेखि शुरू भएको छ। आजको उद्घाटन म्याच दार्जीलिङ युनाइटेड र कदमतलामाझ सम्पन्न भयो। यस उद्घाटन म्याचमा दार्जीलिङ युनाइटेड ३-० को अन्तरले विजयी भएको छ।

खेल शुरू भएको २० औँ मिनटमा दार्जीलिङको तर्फबाट १० नम्बर खेलाडी गणेश लिम्बुले पहिलो गोल गरेर बढत बनाए। पहिलो हाफ १-० मा सकियो। दोस्रो हाफको खेल शुरु भएको ५ औँ मिनटमा गणेश लिम्बुले नै व्यक्तिगत एवं टिमको लागि पनि दोस्रो गोल गरेर २-० को बढत बनाए। त्यसरी नै खेलको अन्तिम समयमा दार्जीलिङको तर्फबाट १७ नम्बर खेलाडीले गोल गरेर ‌कदमतलाको तर्फबाट कुनै गोल गर्न नसक्दा म्याच ३-० को अन्तरले दार्जीलिङ विजय भएको छ।

आजको उदघाटन म्याचमा मुख्य अतिथिको रूपमा बीबी थापा उपस्थित थिए। अन्य अतिथिमा मार्थारानी राई, रञ्जन कुमार रसाइली लगायत अन्य उपस्थित थिए। शुक्रबार हुने खेल सुकना र एपेक्स कालेबुङमाझ हुने जानकारी आयोजक समिति सभापति विशाल प्रधानले दिएका छन्। तीनधारे राजबारी जनसेवा सङ्घको आयोजनामा यहाँको मिठाइडाँडा खेल मैदानमा गत वर्ष झैँ यसपर्ष पनि आयोजना गरिएको छ। यसको अन्तिम फाइनल खेल आगामी ३१ दिसम्बरमा हुनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares