You are here

फोटोकथा

 


५ वर्षे पल्लविब राई उर्फ पल्लवले ५० वर्षे पकुवा कला देखाइरहेका छन्। बिजनबारीको झेपी बस्तीमा जन्मेर, हुर्केर आज यिनी फिल्म, फोटोग्राफी र कविताको बुलन्द उचाइ छुन प्याशनेट छन्।     

मास कम्युनिकेशन एन्ड जर्नलिजममा स्नातक पल्लव फोटोग्राफी र फिल्म सिनेम्याटोग्राफी एवम् निर्देशनतिर स्वतः उक्लिरहेको प्रतिभाको चम्किलो नाम हो। चित्र, ध्वनि र दृश्यहरूसँग इन्जय गर्ने पल्लवको क्षमतामा एक दक्ष कविको पनि पालुवा लाग्दै गरेको हो।  

यति कलिलो उमेरमै पल्लवले गतिलो ठाँउहरूमा फिल्म प्रशिक्षण लिने र आफूलाई प्रूभ गर्ने मौका पाएका हुन्। टेलिभिजनको दुनियाँमा नामी बालाजी टेलिफिल्म्स, मुम्बई-को इन्स्टिटिउट अफ क्रिएटिभ एक्सिलेन्स-बाट सिनेम्याटोग्राफीमा पोस्ट ग्र्याजुएट डिप्लोमा गरिसकेका हुन्।

अहिले उनी टिस्टा नदीमाथिको साङ्गीतिक वृत्तचित्र ‘टिस्टा’ – माथि काम गरिरहेका छन्।  यो वृत्तचित्रमा ग्रामी एवार्ड विजेता रिक्की केजको सङ्गीत संयोजन रहेको छ।    

बङ्गलोर आधारित प्रचलित प्रोडक्शन संस्था ‘राउण्डग्लास’, सम्सारासँग यिनी वृत्तचित्र निर्माणका विभिन्न योजनाहरूमा फ्रीलान्सिङ्ग गर्दछन्।

यिनले अहिलेसम्म यस संस्थामा आबद्ध रही निर्माण गरेका लघु-वृत्तचित्रहरू ‘रोडोडेन्ड्रन’, ‘मेघ्मा भिलेज’, ‘लाचेन भिलेज’, ‘यामथुङ भ्याल्ली’, ‘गुरुदोङ्बार लेक’, ‘चेरी ब्लोजम’ (शिलाङ), ‘लोकताक लेक’ (मणिपुर) हुन्। 

भारतको एक मात्र स्याटलाइट च्यानल एबीएन प्रतिबन्धित नभइञ्जेल पल्लव कलिलै उमेरमा क्रिएटिभ हेडको दायित्वमा सेवारत थिए।

बालाजी टेलिफिल्म्सको ‘पवित्र रिश्ता’ (२०१२) र ‘बड़े अच्छे लगते हैं’-मा एसिस्टेन्ट क्यामेराम्यानको रूपमा काम गरिसेकेका छन् पल्लवले हिन्दी फिचर फिल्म ‘शान्तिनिकेतन’ (मुम्बई, २०१३) –मा फोटोग्राफी एसोसिएट डाइरेक्टर, मराठी फिचर फिल्म ‘मेड इन महाराष्ट्र’ (मुम्बई, २०१४)-मा फोटोग्राफी एसोसिएट डाइरेक्टर, सिएनएन-एबीएनमा प्रदर्शित वृत्तचित्र ‘रेड ब्याङ्क इन क्लोज अप्स’ (२०१४) –मा निर्देशक, सिनेम्याटोग्राफर, एडिटरको दायित्व सम्हालिसकेका हुन्। 

राजा पुनियानीको मल्टिमिडिया पोएट्री ‘आन्दोलन-१:भ्रमपाहाड़’-को अवधारक, सिनेम्याटोग्राफर र निर्देशक पल्लव हुन्। अहिले यिनको प्रोडक्शन टोली यिनकै नेतृत्वमा ‘आन्दोलन-२: इन्काउण्टर’-को निर्माण प्रक्रियामा व्यस्त छ।

यससाथै, नेपाली दर्शकहरूलाई टार्गेट गरेर वेब बेस्ड टीभी च्यानल ‘नाचघर’ चाँड़ै लिएर आउने युद्धस्तरको प्रस्तुतिमा पनि यिनी लागिपरेको थाहा लाग्दछ।  


जेलमा सपना



एक हरफ पखेटा



जीवनको एउटा पन्ना



तिर्खाको छाया



बासना आउने फूल



पृथ्वीको आँखा



हुरीफूल



व्ल्याकबोर्ड



तर बोजु फर्किनन्



मुस्कानको बोट



कहिल्यै नलेखिने इतिहासका जिउँदो राजा


सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares