जिएसएसएसका उत्तम कुमार छेत्रीले बन्दना राईलाई लेखे पत्र : सोधे- त्यो पैसाको हिसाब खै?

प्रिय बहिनी वन्दना राई ज्यु,

सप्रेम सम्झना। म हजुरसित केही प्रश्न गर्न गइरहेको छु, कृपया सही र सठिक उत्तर दिनु हुन्छ भन्ने आशा गर्दछु।

  • जब हामीले दिनाङ्क २५ जुन २०१७ को दिन जन्तर मन्तरमा जिएसएसएसको गठन गर्दा उक्त सभामा हजुर पनि उपस्थित हुनु हुन्थ्यो। अनि हामीले हजुरलाई मिडिया सेक्रेटरी बसी दिनुहोस् भन्दा हजुरले ‘म कुनै पनि पदमा बस्तैबस्तिन’ भन्नु भयो। अनि त्यसपछि हजुरले जिएसएसएसको खोइरो खन्न थाल्नु भयो। अनि फेरी श्री किरण बि. के . ज्युले हजुरलाई ‘कृपया यसरी संस्थालाई नोक्सान नपुऱ्याउनु होस् बरू तपाईं प्रेसिडेन्ट बसिदिनु होस्’ भनेर प्रेसिडेन्टको पोस्ट अफर गरेकै हुन्। तर तपाईंले भन्नु भयो ‘म इन्डिविजुअल नै बसेर काम गर्छु, कारण म कुनै संस्थामा बसें भने मेरो भविष्य खराब हुन्छ।’
  • तपाईंले तदोपरान्त एक्लै कार्यक्रम गर्न थाल्नु भयो तर दुःखको कुरा चाहीँ के छ भने हजुरले जे जति पनि कार्य गर्नु भयो ती कार्यहरू भारतीय नागरिक गोर्खाहरूको अधिकारको विरूद्ध कसैको औजार भएर, कसैको कठपुतली भएर, कसैको इशारामा नाच्दै आजसम्म हाम्रा जाति द्रोही नेताहरूले जति नोक्सान पुऱ्याए त्यो भन्दा हजारौं गुणा बेसी तपाईंले गोर्खा जातिलाई र गोर्खा जातिको जातीय चिनारी तथा हाम्रो संवैधानिक अधिकार अनि हामी गोर्खाहरूको राजनैतिक सुरक्षाको विरूद्ध नै तपाईंले कार्य गरिरहनु भइरहेकको छ, किन ?
  • कसैले जिएसएसएस सञ्चालनको निम्ति दिएको पैसाको हिसाबै नदिई तपाईं जानु भयो किन ? त्यो पैसाको हिसाब खोई ?
  • तपाईंले मलाई भन्नु भएकै हो ‘दाजु पैसा छ जरूरत अनुसार भन्नुहोस्’ भनेर। अनि मैले तपाईंलाई भनेकै हो कि ‘दुइदिनलाई छ तर दुइदिन पछि चैं पैसा चाहिन्छ’ भनेर। तर तपाईं त्यो दुइदिन पछिदेखि आउनै छोड्नु भयो साझा मञ्चमा। अनि मैले जब त्यो पैसाको कुरा गरें तपाईं प्रिय बहिनी सङ्गीता सुब्बाज्युको साथमा जन्तर मन्तर आउनु भयो अनि मैले तपाईंलाई भनेको थिएँ ‘चाँडो त्यो पैसाको हिसाब गरिहाल्नुहोस्’ तर तपाईं आजसम्म पनि त्यो कसैले जिएसएसएस सञ्चालन गर्नु दिएको र तपाईंकोमा रहेको रहल पैसाको हिसाब दिनु आजसम्म पनि आउनु भएको छैन किन ?
  • अनि त्यसपछि तपाईं निरन्तर जिएसएसएसको विरूद्ध नै काम गरिरहनु भएको छ किन ?
  • . जब हाम्री मन्दिर मार्ग थानाबाट छुटेर जन्तर मन्तर आयौं राती ८. १५ बजी तपाईंले त्यतिबेला जन्तर मन्तर आएपछि ‘यो साझा मञ्च भात्काउनै पर्छ’ भन्दै नारा लाउनु भयो किन ?
  • १५ अगस्तको कार्यक्रम साझा मञ्च जन्तर मन्तरमा नगरेर पाहाडगञ्जको तेल मिल गलीमा गएर अलग्गै मनाउनु भयो किन ?
  • २० अगस्त २०१७ को भाषा उत्सव पनि तपाईंले त्यही तेल मिल गलीमा गएर अलग्गै मनाउनु भयो किन ?
  • . १५, १६, १७ सेप्टेम्बर २०१७ को दिन हामीले दिल्लीमा अखिल भारतीय स्तरको एउटा सङ्गोष्ठी राखेका थियौं। त्यतिबेला तपाईं (काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैं) अयोध्यातिर लाग्नु भयो किन ?
  • तपाईंले चेन ऱ्याली १०,००० + भनेर अलग्गै गर्नु चाहनु भयो अनि हामीले हजुरलाई ‘यो ऱ्याली हामी सबै मिलेर गरौं’ भन्ने समाचार पठाउँदा हजुरले आखेरी लग्न मुहर्तमा उक्त चेन ऱ्याली क्यान्सल गर्नु भयो किन ? के यही हो तपाईंको जातीय प्रेम, के यही हो तपाईंको गोर्खाल्याण्डप्रतिको निष्ठा ?
  • १५ अक्टोबरको दिन तपाईंहरूले त्यो चेन ऱ्याली १०, ०००+ भनेर गर्दा जब त्यो ऱ्यालीमा सौ जना पनि मान्छे शामिल नहुँदा हामीले साझा मञ्चबाट हाम्रा त्यो दिन त्यहाँ जम्मा हुनुभएका सबै महानुभावहरूलाई त्यो हजुरद्वारा सञ्चालित चेन ऱ्यालीलाई सफल तुल्याउन पठायौं। हामीले त्यति सहायता गर्दा पनि त्यो ऱ्यालीमा डेड सय जना पनि नपुग्दा पुलिस प्रसाशनले आधा बाटोमै ऱ्यालीलाई निरस्त गरिदियो हो कि होइन?
  • आज फेरि ३ दिसम्बर २०१७ को दिन स्थानीय गोर्खा भवनमा बसेको सभामा बकाइदा प्रस्ताव पारित गरेरे १४ जनवरी २०१८ को दिन जिएसएसएसले राष्ट्रीय राजधानी दिल्लीमा गोर्खा परिचय दिवसको रूपमा मनाएर भारतभरिका अगोर्खा समुदायलाई एउटा राम्रो सन्देश दिन खोज्दा हजुरले त्यो कार्यक्रमलाई काउन्टर दिन त्यस्तै प्रकारको अर्को कार्यक्रम फ्याँक्नु भयो अनि ‘मलाई विरोधीहरूले अरेस्ट गराउनु खोज्दै छ, म त ज्यान दिन पनि तैयार छु’ भन्ने जस्ता अनर्गल कुराहरू लेखेर तपाईं के सन्देश दिन चाहनुहुन्छ ?
  • पहिला पनि म गोर्खाल्याण्डप्रति समर्पित छु भन्दै १५ तारिकको एफिडेविट १४ तारिक यानी छापिएको तारिक भन्दा एक दिन पहिला नै हालेर आँफै हाँसोको पात्र भइसक्नु भएकोछ तपाईं। हो कि होइन ?
  • जो व्यक्ति कुनै सङ्घ संस्थाहरूसित बाँधिएर बस्नै सक्तैन भने त्यो व्यक्तिले व्यक्तिगत रूपमा कार्य गरेर के अनि कसरी गोर्खाल्याण्ड ल्याउन सक्छ अनि के यो सम्भव हुन्छ?
  • राष्ट्रीय मानवाधिकार आयोगमा ‘मैले केस फाइल गरें’ भनेर विडियो हाल्नु भयो त्यो केसको स्ट्याटस के छ ? बहिनी अप्लिकेसन दिनु र केस रेजिस्टर भन्ने कुरामा जमिन आसमानको अन्तर हुन्छ, हो कि होइन ?
  • आजसम्म देशको कुना कुनामा पेड वर्करहरू राखेर जति अनर्गल र झुटा र मिथ्या कुराहरूको प्रचार प्रसार गरेर भविष्यमा राजनैतिक फाइदा उठाउने जति कुत्षित कोशिश गर्नु भयो, भयो। कृपया अब यस्तो दुष्प्रचार बन्द गर्नुहोस्। कारण सबै चम्किने चिज सुन हुँदैन भन्ने कुरा हाम्रा प्रबुद्ध जनतालाई थाहा छ। कसैले बताइरहन पर्दैन।

यसरी अर्काको हातको कठपुतली बनेर आफ्नै रगतको साइनो भएको आफ्नै दाजु भाई, दिदी बहिनी, बाबु आमाहरूसित झुट बोलेर, आफ्नै जातिलाई बोरामा हालेर तपाईं कहाँ गएर अनि कसरी मुख देखाउनुहुन्छ ?

के यो समय यसरी आफ्नै जातिलाई ठग्ने र आफ्नै जातिको जन्मसिद्ध अधिकार, राजनैतिक सुरक्षाको अधिकार, आफ्नो जातिको चिनारीको अधिकार, आफ्नो जातिको संवैधानिक अधिकारहरू, अरूसित मिलेर षड्यन्त्र गरेर खोस्ने र लुट्ने समय हो यो ?

यो समय हो सबै मिलेर धने र मने, काले बुङ्ग्चे, गोरी र च्याखुरी सबैले सजग भएर यो भारत देशमा आफ्नो अधिकारहरू खोज्दै भारतको राष्ट्रीय मुख्य धारमा समाहित भएर हामी पनि यही देशका खाँटी नागरिक हौं भन्दै आफ्नो जातीय हितको निम्ति सङ्गठित हुने समय हो यो। यसर्थ प्रिय बनिनी अझै पनि समय छ, बिहान हराएको मान्छे बेलुकी घर फर्कियो भने त्यसई हराएको भनिँदैन। बाँकी हजुर को जो निगाह।


उत्तमकुमार छेत्री-को फेसबुक वालबाट साभार

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares