मिस एन्जल्स पोखराको पहिलो अडिसनबाट ११ जना युवती छनौट, दोस्रो चरणको अडिसन पौष आठमा

 पोखरा, 14 दिसम्बर 2017


मिस एन्जल्स पोखराको पहिलो चरणको अडिसनबाट ११ जना छनोटमा परेका छन्। बिहिबार पोखरामा भएको अडिसनबाट ११ जना युवती छनौट भएका हुन्। ड्रिम्स् फेशन हाउस पोखराको प्रस्तुतिमा आयोजना हुन लागेको मिस एञ्जल्स पोखरा २०७४ को लागि कृति श्रेष्ठ, सिर्जना पौडेल, सविना क्षेत्री, अलपिना गुरुग, प्रकृति श्रेष्ठ, तुलसी महतो, विना तागोदार र मिना नेपाली छनौट भएका छन्।

रुविया जोशी, सिर्जना पौडेल र सुस्मिता तिवारी पनि चहिलो चरणबाट छनौट भएको जुरी टिम संयोजक सामाजिक अभियान्ता तथा पत्रकार शिलाश केसीले जानकारी दिए। जुरीटिममा मिस पोखरा २०१७ ममता जोशी, मिस कल्चरल पश्चिमाञ्चल नेपालकी मञ्जु थापा, रुल नेपाल स्टुडियोका चियर पर्सन शोलोमन रोका, मोडेल तथा फेशन डिजाईनर सपना तिवारी र कोरियोग्राफर ओशिर राई रहेका थिए।

युवतीको बौद्धिक सुन्दरता, नेतृत्व विकास र सामाजिक उत्तर दायित्व भन्ने आदर्शलाई आत्मसाथ गर्दै विभिन्न सङ्घसंस्थाको आयोजनामा गरिएको इभेन्ट संयोजक सपना तिवारीले जानकारी दिइन्। १४ देखि २४ वर्ष उमेर समुहका अविवाहित युवतीले सहभागीता जनाउन सक्ने प्रतियोगिताको दोस्रो चरणको अडिसन पौष ८ गते शनिबार अपराह्न ३ बजे पोखराको राष्ट्रव्याङ्कचोकको मुक्तिनाथ लेकाली होटलमा हुनेछ।

अडिसन लगत्तै एक महिने विषेश प्रशिषण हुने ड्रिम्स् फेशन हाउस पोखराका महासचिव तथा सञ्चारकर्मी प्रकाश अधिकारीले जानकारी दिए। प्रशिक्षणमा व्यतित्व तथा नेतृत्व विकास, बोल्ने कला, संस्कार र संस्कृति, विभिन्न खेल, तथा अभिनय कला लगायतका विभिन्न विद्यामा विज्ञबाट प्रशिक्षण दिइने ड्रिम्स् फेशन हाउस पोखराका सल्लाहकार गोविन्द तिवारीले बताए।

प्रतियोगिताले युवतीको लुकेको—दबेको आवाज र अन्तरनिहित प्रतिभालाई प्रोत्साहन गर्न जोड दिने तिवारीको विश्वास छ। मिस एञ्जल्स पोखराको ग्राण्ड फिनाली आगामी माघ २० गते पोखरा सभागृहमा हुने छ भने विजेताले नगद ५० हजारको साथमा क्राउन र विभिन्न पुरस्कार तथा अवसरहरु प्राप्त गर्नेछन्।

त्यसैगरी उपविजेता र विद्यागत विजेताहरुले नगद सहित क्राउन, विभिन्न पुरस्कार र अवसरहरु पाउने जनाइएको छ। ईभेन्टबाट मुनाफा भएको ५० प्रतिशत रकम सडकबालबालिकाको लागि खर्च गरिने आयोजकले जनाएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares