You are here

कालिझोडाको सुरक्षा देवललाई लिएर फेरि उठ्यो प्रश्नः एनएचपिसीले अनदेखा गरेकोमा जनविक्षोपः पुनः टेण्डर गरिने

कालिझोडा/ 15 दिसम्बर 2017


सम्पूर्ण कालिझोडाको सुरक्षाको निम्ति उठाइएको सुरक्षा देवलको लगभग सय मिटर लामो हिस्सानै गत वर्षको बर्खामा टिस्टा नदिले तानेको छ। आन्दोलनकालको पहाड बन्दमा उक्त परियोजना पनि बन्द थियो, यसैले नदीको जलस्तर घटाइएको थियो।

जब जलस्तर घट्यो भत्किएको सुरक्षा देवल क्षेत्रवासीको आँखा अघि आएको हो। यही भत्किएको सुरक्षा देवलको मरम्मति कार्य एनएचपिसी विभागबाट हालसम्म हुन नसकेको कारण कालिझोडाबासी चिन्तित छन्। ता गाउँकै ठिक मुन्तिर वस्थित सुरक्षा देवल भत्किएको देखापरेपछि मरम्मति र बलियो देवल निर्माण गरिनु पर्ने क्षेत्रवासीले विभाग समक्ष माग राख्दै आइरहेको स्थानीयवासी सैलु गुरुङले बताएका छन्।

गुरुङ अनुसार गाउँको पक्षबाट जति नै आवाज उठाएता पनि एनएचपिसी विभाग भने कानमा तेल हालेर बस्ने गर्छ। विभागले चाँडै टिस्टाको जलस्तर घटाएर मरम्मति कार्य गर्ने आश्वासन दिए पनि यतिका महिनासम्म केही पहल भने हुन सकेको छैन।

‘भत्केको ठाउँलाई अहिले पूर्णरूपले पानीले ढाकेको छ, जसको कारण जमिन भित्रभित्रै खोतलिएको पनि देख्न सक्दैन। बेला बेलामा विभागले जलस्तर घटाएर सुरक्षा देवलहरूको निरीक्षण गर्नु पर्ने हो तर बन्द यता परियोजना शुरू भएदेखि एकपल्ट पनि उक्त काम भएको छैन,’ गुरुङले भने।

दिलिप छेत्रीले पनि गाउँको सुरक्षालाई लिएर विभाग कहिले पनि गम्भीर नरहेको बताए। हालै परियोजना शुरू भएको कारण विभागले आफ्नो आयस्रोत माथि मात्र सोच्ने गरेको उनले बताए। गाउँ सुरक्षालाई अलि गम्भीर भइ क्षेत्रको कडा सुरक्षा गरिनु पर्ने उनको माग छ। अर्कोतिर क्षेत्रवासी दावा शेर्पाअनुसार गाउँमा परियोजना आएपछि क्षेत्रमा रोजगारको बढोत्तरी भएर गएको छ। गाउँ आर्थिक रूपले अघि बढेको छ तर गाउँको भविष्यलाई लिएर हालसम्म दह्रो सुरक्षा भने हुन नसकेको छैन।

गाउँमा धेरै सचेत अनि शिक्षितवर्ग हुँदाहुँदै पनि गाउँमा एउटा सामाजिक प्लेटफार्म नभएको कारण कालिझोडाको भविष्य डावाँडोल भएर जाने सम्भावना प्रबल रहेको शेर्पाले बताएका छन्। समस्यालाई लिएर विभागसित बात गर्दा उनीहरूको तक्निकी अनुरूप यहाँको भूमिलाइ हेरेर जालिको देवल नै सही रहेको बताउने गरेको उनले बताएका छन्।

विभागका मानव संसाधन प्रवन्धक पाण्डु गगराईअनुसार भत्किएको सुरक्षा देवलको निर्माण कार्यको टेन्डर भइसकेको थियो। तक्निकीय समस्याहरूको कारण उक्त टेण्डरलाई फेरि नयाँ रूपमा गराइने जानकारी पनि उनले दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares