You are here

लामाहट्टा एसएचजी क्लस्टर सामजिक सेवामा अग्रसर

रिम परिचित/पेशोक: २० दिसेम्बर।


समाजका विपन्न परिवारका सदस्यहरूलाई स्वनिर्भर बन्न सहयोग गर्नमा सरकारले हाल एनआरएलएम अर्थात नेशनल रूरल लाइभलीहुड मिसन अन्तरर्गत स्वनिरभर समुहहरू मार्फत स्वनिर्भर बन्ने अवसर प्रदान गरेको छ। बिशेष गरेर ग्रामीण क्षेत्रका महिलाहरूलाई लिएर उक्त स्वनिर्भर समूह गठन गर्नमा प्रोत्साहन गरिन्छ। सोही अनुरूप धेरै क्षेत्रहरूमा महिलाहरू द्वारा सञ्चालित स्वनिर्भर समुहरूले समाजलाई ठूलो सहयोग गरेको देखिन्छ भने सरकारले पनि स्वनिर्भर समुहलाई नै कुनै ग्रामिण क्षेत्रमा केही कार्य गर्न परे चुनेको पाइन्छ।

यस्तै एक महिला स्वनिर्भर दलहरूद्वारा गठित लामाहट्टा एसएचजी क्लस्टर सामाजिक कार्य लगायत जनहित कार्यहरूमा पनि अग्रसर रहेको क्लस्टर सभानेत्री सन्जिता तामाङले जनाएकी छन्। तामाङले विगत २०१३ देखि  महिला सद्स्यहरूद्वारा गठित  स्वनिर्भर दलको पञ्चायत स्तरीय समूह लामाहट्टा एसएचजी क्लस्टरले कार्य गर्न शुरू गरेको बताइन्।

यस भन्दा अघि पनि क्लस्टर थियो। सभानेत्री तामङले जनाए अनुअसार विगतमा जति संख्यामा स्वनिर्भर दलहरू भए तापनि हालमा उनीहरूसित ३४ वटा दलहरू छन्। यी दलहरू मध्ये जम्मा १६ वटा दल मात्र सक्रिय छन्। हाल क्लस्टरमा दुईवटा सिएसपी पदहरूमा पनि महिला सदस्यहरूले कार्य गरिरहेको तामाङले जनाइन् भने हाल व्याङ्कसित तालमेल सिएसपी (बिएल) निला गुरूङले राखेकी छन्। सिएसपी निला गुरूङले हाल पनि स्वनिर्भर दलहरूलाई विभिन्न प्रकारका प्रशिक्षणहरू प्रदान गरिरहेको बताइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares