2 जी स्पेक्ट्रम घोटालाका आरोपी 6 वर्षपछि मुक्त

नयाँ दिल्ली, 21 दिसम्बर :


1.76 लाख करोड़ रुपियाँको 2 जी स्पेक्ट्रम घोटालाको 6 वर्षपछि सीबीआईको विशेष कोर्टले दुई मामिलामा सबै आरोपीलाई मुक्त गरेको छ। कोर्टले भनेको छ, ‘सरकारी उकिल आरोप प्रमाणित गर्न चुके।’ यो मामिलामा डीएमके नेता ए राजा, डीएमके सांसद कनिमोझीसमेत 17 आरोपी थिए।

कोर्टको फसेलापछि बचाउ पक्षका उकिल हरिहरनले भने, ‘सम्पूर्ण मामिला धारणामा आधारित थियो।’ कोर्टले थप भनेको छ, ‘यस सम्बन्धमा कुनै प्रमाण प्रस्तुत गर्न सकेन। त्यसैले लिहाजा सबै आरोपीलाई मुक्त गरिन्छ।’ कोर्टमा यो फसेला हुनअघि मानिसहरूको बाक्लो भीड़ जमेको थियो। यस मामिलामा कङ्ग्रेस नेता कपिल सिब्बचलले एक न्यूज च्यानलसँग आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भने, ‘मेरो जीरो लस थ्योङरी सही प्रमाणित भयो। यस प्रकारको कुनै घोटाला भएकै थिएन।’

यो घोटाला यूपीए सरकारअवधि भएको थियो। सीबीआईका विशेष जज ओपी स्यानीद्वारा 2 जी घोटालामा सीबीआई र ईडीद्वारा दर्ता छुट्टा छुट्टै मामिलामा फसेला सुनाए। 2 जी स्पेक्ट्रम घोटालामा सुनवाई 6 वर्ष अघि 2011- मा शुरू भएको थियो। अदालतले यी 17 आरोपीविरुद्ध आरोप तय गरेको थियो, अदालतले जुन आरोप तय गरेको थियो, त्यसमा 6 महिनादेखि आजीवन कारावाससम्म सजायको प्रावधान छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares