बिकिनी लगाएर मान्दिर जाँदिन-रेवती छेत्री

रेवती छेत्री मोडलिङको क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा नै एकजना चिनिएका अनुहार हुन्। रेवती छेत्री आसामको डिमाहसाउ निवासी हुन्। 24 वर्षीय रेवती छेत्रीले मोडलिङको क्षेत्रमा अनेकौँ सफलताहरू पाइसकेकी छन्। उनले फेमिना मिस् इण्डिया-2015 मा भाग लिइएकी थिइन् जहाँ उनी फाइनलिस्ट भइन्। बेजिङमा भएको वर्ल्ड मिस् युनिभर्सिटी-2016 पिजेन्टमा मिस् एसियाको ताज जितिन्। सेनोरिटा इण्डिया पिजेन्टमा सिनोरिटाको उपाधीसितै मिस् इण्डिया इन्टरनेसनल-2016 को उपाधी जितिन्। यतिखेर अभिनय क्षेत्रमा लागिपरेकी उनै रेवती छेत्रीसित खबरम्यागजिनका सम्पादक प्रज्ज्वल छेत्रीले गरेको कुराकानी:


 

नेपाली समाजमा थोरै नै मोडलिङ क्षेत्रमा तानिएको लाग्छ, केले तानेको हो?

मैले शुरूवात मिस् इण्डियादेखि गरेको हुँ। पहिलोपल्ट 2015 मा मिस् इण्डिया-को अडिसन गुवाहाटीमा भएको थियो। मैले सोचेँ, म जानुपर्छ। किनभने, नर्थ इस्टमा केही पोटेन्सियल छैन भनेर मुम्बईबाट आएका मानिसहरूलाई फिल् नहोस् भन्ने म चाहन्थेँ। म गएँ, म त्यत्ति कन्फिडेन्ट थिइनँ, कम्पिट गरेँ अनि फेमिना मिस् इण्डियाको टप टेन फाइनलिस्टसम्म भएँ।

मिस् मल्टिमिडिया, मिस् पपुलर, तेस्तै प्रकारले मैले मेरो करियर शुरू गरेँ। अर्को पिजेन्टमा गएँ। मिस् इण्टरनेसनल इण्डिया मैले जितेँ। मिस् एसिया युनिभर्सिटी-2015 अनि अन्तराष्ट्रिय स्तरमा भारतलाई दुईचोटि प्रतिनिधित्व गरेँ। अब मैले स्पट गरिनँ।

अहिले के गर्दै हुनुहन्छ?

अहिले मुम्बईमा सिफ्ट भएकी छु। म धेरै मिहिनेत गर्दैछु, मुभीतिर काम गर्दैछु। नेपालमा पनि मुभी खेल्दैछु, ‘समर लभ’। ‘समर लभ’ एउटा बेस्ट सेलर नोबल हो, सुविन भट्टराई लेखक हुनुहुन्छ। अहिले पनि मिहिनेत गरिरहेको छु। काम गरिरहेको छु, यस्तै गरेर गोर्खा समुदाय र राष्ट्रलाई गर्व महशुस गराउँ भनेर कोशिश गरिरहेको छु।

सुन्दरी प्रतियोगिता गर्नुको पछि कम्पनीको उद्देश्य, एजेन्डा के हुन्छ?

जस्तो कि एउटा ठूलो पिजेन्ट हुन्छ। फेमिना मिस् इण्डिया एउटा ठूलो पिजेन्ट हो। अब प्रत्येक अर्गनाइजेसनको बिजिनेस पर्पोज त हुन्छ नै। तर त्योबाहेक, जस्तो कि म एउटा सानो टाउनबाट आएको, हाफलुङ डिमाहासाबाट। डिमाहासाको केटीलाई उनीहरूले प्लेटफर्म दियो। मैले आफ्नो कन्फिडेन्स लेवललाई बढाउन सकेँ। नत्र म नर्मल हाफलुङमै बसिरहेको हुनेथिएँ। पढाइँ सकेको हुन्थेँ होला। नर्मल लाइफ 9 टू 5 जब् गरिरा हुन्थेँ होला। तर यो अर्गनाइजेसनहरूले हामीलाई मञ्च दियो। हामीले हाम्रो पोटिन्सियल, ट्यालेन्टलाई सोकेज गरेर हामी अघि बढ्नसक्ने भयौँ। यसैले म विश्वास गर्छु, तिनीहरूको ओभियसली केही पर्सनल हुन्छ होला, प्रोफिटको लागि हुन्छ होला, तर उनीहरूले हामीलाई मञ्च दिन्छ। जुन मञ्च ट्यालेन्टको लागि अति अनिवार्य छ।

स्त्री प्रसाधनहरूको बजार निर्माणको लागि सुन्दरी प्रतियोगिता हुन्छ भन्नेहरूलाई तपाईँको जवाब के हुन्छ?

ब्यूटी पिजेन्ट भन्नेबित्तिकै नामले बुझिन्छ, यो ब्यूटी सम्बन्धी हो। ब्यूटी भन्दा खाली लुक होइन। मान्छेको मुख राम्रो छ, त्यो पनि होइन। हाम्रो कोइसन एन्सर राउन्ड हुन्छ, त्यो किन भएको?  किनभने हामी जान्न चाहन्छौँ कि त्यो केटी मनबाट पनि राम्रो छ कि छैन?  म भन्न चाहन्न यो ब्यूटी प्रोडक्ट्सको बजार निर्माणको लागि मात्रै हुन्छ। ब्यूटी पिजेन्ट भनिसकेपछि पक्कै प्रोडक्ट पनि हुन्छ तर त्यहाँ देखाउने अरू भागहरू पनि हुन्छ।

सुन्दरी प्रतियोगिताहरूको आलोचना हुँदा, (मिस वर्ल्ड शुरु गर्ने एरिक मोर्लेले बिकिनी बेच्न मिस वर्ल्ड प्रतियोगितालाई बिकिनि कन्टेस्ट नाममा चलाउँथे, प्यासिफिक मिल्स नामक कपडा मिलले मिस युनिभर्स शुरु गरेको थियो) कम्पनीको खास उद्देश्य पूरा गर्न नारी सौन्दर्यलाई प्रयोग गरिन्छ भनिन्छ, यस्तै हो?

जस्तो मैले भनें कि प्रत्येक अर्गनाइसेसनले आफ्नो नाफा पनि हेर्छ। हामी मिस् इण्डिया जाँदा हाम्रो पनि बिकिनी राउन्ड थियो। बिकिनी लगायो भन्दैमा केटीले इज्जत फाल्यो भन्ने होइन। फाल्तु केटीले मात्र बिकीनी लगाउन सकिन्छ, त्यो पनि हैन। तर लगाएर तिमी आफै चाहीँ कतिको कन्फिडेन्ट र कम्फर्टेबल फिल गर्छौँ, त्यो इन्पोर्टेन्ट हो। हामी पिजेन्टमा जाँदा 30 दिन फुडिङ, एकोमेन्डेसनमा समेत राम्ररी ध्यान दिइन्थ्यो। हामीलाई इन्डस्ट्रीका प्रोफेसनहरूले रेन्ड गर्थे। उनीहरूले फिस् लिन्छन्। यसैले कम्पनीलाई स्पोन्सर चाहिन्छ। एउटा मान्छेले किन स्पोन्सर गर्छ? किनभने उनीहरू एकजना ब्रान्ड चाहन्छन्। हामी कुनै यस्तो व्यक्ति बन्छौँ, जो ब्रान्डको अनुहार हुनसक्छ। प्रत्येक ब्रान्डमा फिल छ, त्यो फिललाई कनेक्ट गर्न हामीलाई ठोस् अनुहार चाहिन्छ।  यो व्यवसायिक तरिका हो, मलाई ठिकै लाग्छ।

नेपाली समाजले बिकिनी लगाएर घुम्ने परम्परालाई अझै पनि अछुत नै मान्छ, समाज विकसित नभएको हो कि के हो?

होला। किनकी, म भन्न चाहन्छु मैले बिकिनी लगाको छु, मिस् इण्डिया कन्टेस्ट हुँदा। तर म कुन प्रोग्राममा जाँदैछु अनि कस्तो लुगा लगाउनुपर्छ भन्नेकुरा मलाई थाहा छ। मन्दिर जाँदा त्यस्तै नै ड्रेस अप् गर्छु, कुर्ता सुरुवाल लगाएर जान्छु। बिकिनी लगाएर मन्दिर जाँदिन। बिकिनी लगाएँ भन्दैमा समाजको नाम फालें भन्ने होइन। म एउटा केटी मात्र थिइनँ, 59 वटा देशबाट अरूहरू पनि थिए, जसले बिकिनी लगाएको थियो। अनि त्यहाँ मैलै भारतलाई प्रतिनिधित्व गर्दैथिएँ। मेरो नाम रेवती छेत्री। छेत्री आफैमा गोर्खा टर्म हो। गोर्खा केटी हो भनेर धेरै गर्व गरे होलान्। जहाँ मन लाग्छ, त्यहाँ बिकिनी लगाएर हिँड्दिनँ, त्यो कन्टेस्टको लागि लगाएको हो। मिस इण्डिया कन्टेस्ट मेरो करियरको पार्ट हो अनि यस प्रतियोगिताले गोर्खालाई पनि गर्व महसुस गराउँछ अनि देशलाई पनि। मैले बिकिनी लगाएँ भनेर मलाई लाज लाग्दैन।

सुन्दरतालाई जीवन गुजाराको निम्ति प्रयोग गर्नुभयो भन्दा रिस् उठ्छ?

मलाई रिस् उठ्दैन। किनभने सबैको पर्सनल भ्यूज छ। मलाई थाहा छ मैले गलत गरेको छुइनँ। मेरो परिवारले मलाई जहिले सपोर्ट गरेको छ। समाजका राम्रा मान्छेहरू सबैले सपोर्ट गरेका छन्। अरूले के भन्छ म पर्वाह गर्दिन। म आफ्नो लाइफलाई त्यसरी सेट गर्न चाहन्न कि मानिसहरूको सोचले मेरो करियर र लाइफस्टायललाई सिमित राखोस्।

यतातिर हुने लोकल सुन्दरी प्रतियोगिताहरूले कस्तो अवसर दिन्छ?

एउटा ब्यूटी पिजेन्ट गर्दा हामीले प्लेटफर्म पाउँछौँ।  मिस् कालेबुङ गर्दा 16 जना सुन्दर केटीहरूले अवसर पाए। जब म प्रतियोगी थिएँ त्यसपछि नै मलाई मेरोबारेमा अझ धेरै थाहा भयो। आफूभित्र के के ट्यालेन्ट छ, खोज्नसकेँ। आफूलाई धेरै डिस्कभर गर्नसकेँ। ब्यूटी पिजेन्टले गर्दा आज म यहाँ छु। आज मान्छेहरूले मलाई चिन्छन्। को रहेछ रेवती? भनेर मान्छेहरूले जान्न चाहन्छन्। मलाई लाग्छ, मैले आफैलाई, परिवारलाई, जातिलाई देशलाई गर्व महसुस गराएको छु। एउटा ब्यूटी पिजेन्टले यत्रो धेरै त दिइसकेको छ मलाई। अरू केटीहरूलाई पनि यसरी नै धेरै दिन्छ। ब्यूटी पिजेन्टले यस्तो कन्फिडेन्ट दिन्छ, यस्तो अवसर दिन्छ कि विश्वलाई आफ्नो क्षमता देखाउन सकिन्छ।

बुजुर्ग महिलाहरूलाई लिएर किन सुन्दरी प्रतियोगिता नभएको होला?

बुजुर्ग महिलालाई लिएर पनि भइरहेको छ नि। मिसेस इण्डिया भइरहेको छ। हामीले पनि ‘मिसेस् कालेबुङ’-गर्नुपर्छ होला भनेर कुरा गऱ्यौँ।

तपाईँको बुझाइमा सुन्दरी अथवा सुन्दरता के हो?

सन्दरी भनेको, राम्रो देखिनु, अनुहार राम्रो हुनु मात्र होइन। कोही अनुहारले राम्रो हुनसक्छ, कोही नहुनुसक्छ। तर सबै ईश्वरका सृजना हुन्, यसैले हामीले कसैलाई ‘कस्तो नराम्रो देख्दोरहेछ’-भनेर भन्न सक्दैनौँ। ‘तिम्रो लागि तिमी कति सुन्दर छौ’-भन्नेकुरा महत्त्वपूर्ण हो। कसरी सुन्दर तरिकाले तिमी मानिसहरूसित जोडिएको छौ, त्यो महत्त्वपूर्ण हो।

यो क्षेत्रमा आएपछि पाएको सुख के हो?

सुख भनेको, म यसरी घुम्न पाइरहेकी छु। सँधै नयाँ-नयाँ मान्छेहरूलाई भेट्न पाइरहेकी छु। मलाई घुम्न मनपर्छ, घुमिबस्नु मनपर्छ। सुखको कुरा यो हो कि, जुन सोसियल मिडिया छ, त्यहाँ केटीहरूले, यङ् जेनरेसनले मलाई म्यासेज गर्छ र भन्छ, ‘दि यू आर इन्सपिरेसन फर् अस्, यू मोटिभेट अस्, वि क्यान सि अ करियर इन मोडलिङ, जस्ट बिकज यू आर दियर इन इट।’ यदि म कसैको लागि इन्सपिरेसन हुन्छु भने, त्योभन्दा खुशीको कुरा मेरोलागि केही होइन।

यो क्षेत्रमा आएपछिको दुःख के हो?

दुःख केही छैन। दुःखलाई सुख बनाएर हिँड्नुपर्छ। दुःख केही छ भने त्यो दुःखलाई कसरी सुख बनाउने र कसरी नरारात्मक चिजहरूलाई सकारात्मक बनाउने त्यही हो।

आलोचना कस्तो कस्तो खप्नुपर्छ?

मैले फोटो हालेँ भने, कमेन्ट गर्छ। ‘कस्तो फोटो हालेको, जिउ देखाएर भन्छ’। मलाई जज् गर्छ। म ती चिजहरूलाई धेरै महत्त्व दिँदिन। मैले भनिहालेँ मेरो परिवार र मलाई माया गर्नेहरू धेरैले मलाई सहयोग गरिरहेका छन्। यसैले तिनीहरूको कमेन्टले मेरो जीवनमा फरक पारेको छैन।

क्षेत्रीय रूपमा सुन्दरी प्रतियोगिता भयो भने मोडल हुने, फिल्मतिर जाने अवसर खुल्छ है?

अवश्य खुल्छ। जस्तो मैले भने, एउटा ब्यूटी पिजेन्ट गरेपछि आफूभित्र के के क्षमता छ, त्यो निखार्ने मौका पाउँछ। मैले म मिस् इण्डिया बन्छु होला, एक्टिङ गर्नसक्छु होला भनेर कहिले सोचेको थिइनँ। तर जब मैले अवसर पाएँ मुभीको लागि, मैले सोचे किन ट्राइ नगर्ने? जबसम्म कोसिस गर्दैनौँ हामीलाई केही थाहा हुँदैन, कोशिश गर्नुपर्छ।

रेवती छेत्रीको सपना के हो?

सपना त धेरै छ, तर अहिले म मेरो लाइफमा धेरै नै खुशी छु।  मैले नसोचेको कुराहरू मलाई पुगिरहेको छ। मैले कहिले सोचेको थिइनँ, म यसरी बसेर अन्तर्वार्ता दिन्छु। मानिसहरूले मलाई जजको रूपमा, मुख्य अतिथिको रूपमा इन्भाइट गर्छन्। हामीले देखेका जम्मै सपनाहरू पूर्ण त हुँदैन तर म सफल व्यक्ति बन्न चाहन्छु। म त्यस्तो बन्छ चाहन्छु कि जसलाई कुनै परिचयको खाँचो नहोस्। बाटोमा हिँड्दा मानिसहरूले चिनोस् भनोस्- उ रिवती छेत्री। त्यही हो मेरो सपना।

कालेबुङे सुन्दरीहरू (जो प्रतियोगितामा थिए र जो प्रतियोगितामा आउन सकेनन्) लाई काम लाग्ने कुरा भन्नु पऱ्यो भने के भन्नुहुन्छ?

16 जना प्रतियोगीहरूलाई देखेँ उनीहरूमा पोटेन्सियल छ। यति कम समयमा कस्तो ग्रुमिङ भयो मलाई थाहा छैन। तरैपनि उनीहरू कन्फिडेन्ट देखेँ। अझ राम्रो ग्रुमिङ, ट्रेनिङ पायो भने उनीहरूले अझ धेरै केही गर्नसक्छन्। मैले कालेबुङ घुम्न त पाइनँ, तर यी केटीहरू हुन् जसले मलाई कालेबुङ देखाए। मैले देखेँ, यङ् जेनरेसनमा यहाँ धेरै ट्यालेन्ट छ। उनीहरूले अडिसन दिए, मिस कालेबुङको निम्ति बाहिर निस्केर फेस गरे। भविष्यमा उनीहरू अघि बढ्छन्, कालेबुङको नाम रोशन गर्छन् भन्ने विश्वास छ।


रेवती छेत्रीका केही तस्बीरहरू







स्रोतः इन्टरनेट

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares