फर्कियो व्यान्ड नोम्याड्स : व्यान्डका कलाकारहरू मञ्च अनि एल्बम-बाट श्रोतामा जाने

कालेबुङ : 24 दिसम्बर 2017


‘दुई दिने जीवन’, ‘किन आज’, ‘हर दिन हर रात’, ‘हर पल’ आदि गीतहरू नसुन्ने बिरलै होलान्। यी गीतहरू हुन् कालेबुङको प्रशिद्ध व्यान्ड नोम्याड्स-का। नोम्याड्सका गीतहरूले समाज, अपराध, अत्याचार, प्रेम, नशाखोरजस्ता समस्या र विषयलाई समेटेका छन्।

सङ्गीतिक यात्रामा हिँड़्दा हिँड़्दै व्यान्ड नोम्याड्सबीचमा आएर ओझल बनेको थियो। सङ्गीत जगत्मा व्यान्ड नोम्याड्सले धेरै योगदान दिएको छ। व्यान्डले हालसम्म निकालेका दुईवटा एल्बम ‘‘नयाँ मोड’’, ‘‘त्यस्तै छ’’, धेरै पपुलर बन्यो।

व्यान्ड ओझल बने पनि गायक एड्रिन प्रधानले गाएका प्रशिद्ध गीतहरू क्रमैले ‘‘यसरी साँझ’’, ‘‘नसम्झ’’, ‘‘सम्झनामा’’ आदि गीतहरू नोम्याड्सकै हुन्। नोम्याड्सका प्रशंसकहरू दार्जीलिङ पहाड़देखि लिएर देश-विदेशसम्म थियो तर अचानक व्यान्ड नै ओझल बन्यो।

व्यान्डका फ्यान-फलोवर्स निरास बनेका थिए। ती नै निराश फ्यान फलोवर्सको निम्ति खुशीको खबर छ, किन भने नोम्याड्स ब्यन्ड लामो समय ओझलपछि पुनः गठन गरिएको छ।

एउटा पत्रकार सम्मेलन डाकेर व्यान्डका लिड गिटारिस्ट अल्बर्ट गुरुङले नोम्याड्स व्यान्ड पुनः गठन भएको जानकारी गराएका छन्। गुरुङअनुसार सबैको आआफ्नो व्यस्तताको कारण प्रशिद्धि कमाए पनि नोम्याड्स अचल रहन पर्‍यो। व्यस्तताको कारण नै धेरैपल्ट भारतका विभिन्न प्रान्तदेखि लिएर विदेशतिर कन्सर्ट गर्ने अवसर गुमाउन पर्‍यो।

व्यान्ड सदस्यहरू कोही कता कोही कता भएका थिए। व्यान्डका बेसिस निकोलसको मृत्युले व्यान्डलाई ठूलो धक्का परेको थियो। दार्जीलिङ पहाड़मा जब पनि साङ्गीतिक साँझहरू हुन्छ त्यस समय नेपाल लगायत अन्य क्षेत्रका व्यान्डहरू ल्याइन्छन्।

‘दार्जीलिङ पहाड़मा व्यान्डको कमीलाई आपूर्ति गर्न नोम्याड्स व्यान्डलाई पुनः गठन गरेका हौँ,’ गुरुङले भने, ‘हालै पुनः गठन भएको नोम्याड्स फोर मेन व्यान्ड रहेको छ। यसमा सूर्य सोलोमन बेसिस, गिटारिस्ट एल्बर्ट गुरुङ, भोकलमा डोनाल्ड लेप्चा, बेसिस जोसेफ साधा रहेका छन्।’

व्यान्डको पुनः गठनपछि आगामी 31 दिसम्बरको दिन मिरिकमा अनि जनवरीको पहिलो सातामा गान्तोकमा हुने रेड पान्डा फेस्टको मञ्चमा आफ्नो प्रस्तुति दिने पनि गुरुङले जानकारी गराएका छन्। यसबाहेक व्यान्डले चाँड़ै नै भिडियो डेब्यु एलबम निकाल्ने पनि उनले जानकारी गराएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares