मिस एन्जल्स पोखरामा छानिए १५ सुन्दरी

पोखरा : 24 दिसम्बर 2017


ड्रिम्स् फेशन हाउस पोखराको प्रस्तुतिमा हुन लागेको प्रथम मिस एञ्जल पोखराका लागि १५ जना सुन्दरी छनौट गरिएको छ। सुन्दरीको बौद्धिक सुन्दरता, नेतृत्व विकास र सामाजिक उत्तरदायित्व भन्ने आदर्शलाई आत्मसाथ गर्दै विभिन्न सङ्घसंस्थाको आयोजनामा भएको मिस एञ्जल पोखरामा २३ जनाको सहगागिता रहेको थियो।

पहिलो र दोस्रो चरण गरेर आइतबार १५ जना छनौट भएका हुन्। छनौटहरूमा पवित्रा थापा, निरू थापा मगर, सजना तिवारी, अल्पिना गुरूङ, मिना नेपाली, विनिसा ढकाल , रूबिया जोशी, प्रकृति श्रेष्ठ रहेका छन्। त्यस्तैगरी कृति श्रेष्ठ, तुलसी महोत्त, सविना क्षेत्री, विनाता गोदार, सिर्जना पौडेल र सुस्मिता तिवारी पनि मिस एञ्जलको लागी छनौट भएको जुरी टिम संयोजक, कवि तथा लेखक प्रकाश अधिकारलिे जानकारी दिए।

जुरी टिममा मिस नेपाल २०१७ फिनालिस्ट ज्ञानी बराल, गरूङ फिल्मका नायक तथा निर्देशक गोमन घले, रूल नेपाल स्टुडियोका चियर पर्सन सोलोमन रोका तथा कोरियोग्राफर ओशिन राई रहेका थिए। सुन्दरीको बौद्धिक सुन्दरता, नेतृत्व विकास र सामाजिक उत्तरदायित्व भन्ने आदर्शलाई आत्मसाथ गर्दै विभिन्न सङ्घसंस्थाको आयोजनामा प्रतियोगिता गरिएको इभेन्ट संयोजक सपना तिवारीले जानकारी दिइन्।

छनौट भएकालाई पौष १२ गतेदेखि एक महिने विशेष तालिम दिइने तिवारीले बताइन्। मिस एञ्जल पोखरा २०७४ का अध्यक्ष देवेन्द्र यसकेले प्रतियोगिताले युवतीको लुकेको, दबेको आवाज र अन्तरनिहित प्रतिभालाई प्रोत्साहन गर्न जोड दिने बताए। उनले मिस एञ्जल पोखराको विजेताले मिस नेपालमा सहभागी हुन पाउने बताए। मिस एञ्जल्स् पोखराको ग्राण्ड फिनाले आगामी माघ २० गते पोखरा सभागृहमा हुनेछ भने विजेताले नगद ५० हजारको साथमा क्राउन र विभिन्न पुरस्कार तथा अवसरहरू प्राप्त गर्नेछन्।

त्यसैगरी उपविजेता र विधागत विजेताहरूले नगद सहित क्राउन, विभिन्न पुरस्कार र अवसरहरू पाउने जनाइएको छ। इभेन्टबाट मुनाफा भएको ५० प्रतिशत रकम सडकबालबालिकाको लागि खर्च गरिने गोबिन्द तिवारीले जानकारी दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares