You are here

जुट्यो 25 हजार गुरुङहरूको राष्ट्रीय भेला

सिलगढी / 27 दिसम्बर 2017


केवल दार्जीलिङ पहाडका मात्र होइनन्, सिक्किम, भाग्सु, आसाम, अरुणाचल, मेघालय तथा अन्य राज्यहरूबाट आएका लगभग 25 हजार गुरुङहरूले सिलगढीमा भर्खरै राष्ट्रीय सम्मेलन गऱ्यो।

‘गुरुङहरूको संस्कार, संस्कृति, भाषा, कला, साहित्यको संरक्षण र प्रवर्द्धनबारे अहिलेसम्म भएका कामकाजहरूको समिक्षा गरियो,’ प्रमेश गुरुङले खबरम्यागजिनलाई सम्मेलनबारे जनाउँदै भने, ‘सम्पूर्ण लेखाजोखाबाहेक गुरुङहरूले प्राप्तगरेका उपलब्धी र गर्नुपर्ने पहलबारे पनि छलफल गरियो।’

पश्चिम बङ्गाल सरकारको पक्षबाट माइनोरिटी कमिशनका चेयरम्यान जनाब अविवास मण्डलले मुख्य आतिथ्य दिएका थिए। विशिष्ट उपस्थिति दिन मण्डलसितै कमिशनकै भाइस चेयरम्यान विकास बरुवा पनि उपस्थित थिए। सिक्किम राज्यका सडक एवं पुल निर्माण, सांस्कृतिक एवं धरोहर निर्माण विभागीय मन्त्री गर्जमान गुरुङले पनि मुख्य आतिथ्य दिएका थिए। रातेपानी नामथाङ समष्टी सिक्किमका विधायिका तिलु गुरूङले पनि विशेष उपस्थिति दिएकी थिइन्।

यता पश्चिम बङ्गाल गुरुङ सांस्कृतिक एवं विकास बोर्डका चेयरम्यान खगेन्द्र गुरुङ, अखिल भारतीय गुरुङ तमु बौद्ध सङ्गठनका राज्य समिति अध्यक्ष आनन्द तमुको गरिमामय उपस्थिति त थिँदैथियो। कार्यक्रम थियो पश्चिम बङ्गाल गुरुङ सांस्कृतिक एवं विकास बोर्डको सौजन्यमा अखिल भारतीय गुरुङ तमु बौद्ध सङ्गठनले आयोजना गरेको सङ्गठनको रजत जयन्ती अनि चौथो राष्ट्रीय सम्मेलन।

सिलगढी, सालुगढाको कालचक्र गुम्पाको प्राङ्गनमा दुइदिन राष्ट्रीय उपस्थिति दिएका गुरुङहरूले एकार्कामा विमर्श गरे। कार्यक्रममा अशोक गुरुङले गुरुङहरूले अहिलेसम्म प्राप्त गरेका उपलब्धी र गरिरहेका सङ्घर्षबारे व्यापक विवेचना गरे। विभिन्न शाखा-प्रशाखाका प्रतिनिधिहरूको बाक्लो उपस्थितिमा चलेको कार्यक्रमलाई जय क्याक्टस र प्रमेश गुरुङले नेपालीमा,  उमादेवी गुरुङले गुरुङमा अनि दिक्षिका गुरुङले अङ्ग्रेजीमा सञ्चालन गरेका थिए।

‘विभिन्न प्रतिनिधिहरूले कार्यक्रमलाई सम्बोधन गरे। प्रतिवेदनहरू प्रस्तुत गरे। अघिल्ला कार्यहरू केलाए। नयाँ कार्ययोजना बनाए। गुरुङहरूले आफ्ना संस्कार, परम्परा झल्काउने विभिन्न वर्गका प्रदर्शनी राखेका थिए,’ प्रमेश गरुङले भने, ‘घाटु नृत्य, रोदी घर, गुरुङ भाषाका गीतहरू प्रस्तुत भए। सिक्किमका कलाकारहरुका प्रदर्शनी पनि खुब राम्रो थियो।सङ्गठनका संस्थापक सदस्य र गुरूङ जातिका वेस्ट एचिभरहरूलाई पनि सम्बर्द्धना जनाइयो गुरुङहरूका संस्कार, परम्परा, संस्कृति, कला, भाषा धेरै धनि रहेको छ। यसैको प्रवर्द्धनको लागि विविध योजनाहरू बनाइए। गुरुङहरूको यो राष्ट्रीय सम्मेलन गुरूङहरूलाई सांस्कृतिकरूपमा सङ्गठित गर्ने विशेष अवसर थियो।’


कार्यक्रमका केही झलक

 

 

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares