You are here

सदभावना सम्मेलनलाई सम्बोधन गर्न सतपाल महाराज सालुगढा आइपुगे

सिलगढ़ी 29 दिसम्बर।


मानव उत्थान सेवा समिति उत्तरपूर्वाञ्चल क्षेत्रको तत्वावधानमा आयोजित दुई दिवसीय सदभावना सम्मेलनलाई सम्बोधन गर्न मानव धर्मका प्रणेता तथा मानव उत्थान सेवा समितिका संस्थापक सतपाल महाराज सपरिवार आज अपरान्ह सालुगढ़ास्थित मानव धर्म आश्रम आइपुगे। महाराजलाई सम्मेलनको मूलद्वारदेखि मानव धर्म आश्रम मझुवासम्म विभिन्न पारम्परिक पहिरन एवम सांस्कृतिक झाँकीसँगै भक्तजनद्वारा उहाँलाई भव्य स्वागत गरियो।

आश्रमको प्राङ्गनमा महाराजद्वारा मानव सेवा दलको झण्डोत्तलन गरे पश्चात मानव सेवा दलको टोलीद्वारा गार्ड अव् अनर प्रदान गरियो। 30 र 31 दिसम्बरको दिन आयोजन हुने दुईदिवसीय सदभावना सम्मेलनमा सहभागिता जनाउन भारत मात्र नभएर अमेरिका, इङ्गल्याण्ड, नेपाल, भोटाङ आदि देशहरूबाट पनि ठूलो सङ्ख्यामा भक्तजन सम्मेलन परिसरमा भेला भएका छन्।

दुईदिवसीय सम्मेलनको अवसरमा कलाकारहरूद्वारा विभिन्न पारम्परिक एवं सांस्कृतिक कार्यक्रम सहित संगीतमय आध्यत्मिक भजनहरू प्रस्तुत गर्नेछन्। सालुगढ़ामा प्रत्येक वर्षको दिसम्बर महिनाको अन्तिम दुई दिन सदभावना सम्मेलन आयोजन हुनेगर्दछ र यो अवसरमा मानव धर्मका प्रणेता सतपाल महाराजले मानव जीवनमा धर्म र अध्यात्मको मह्तव र आश्यकतामाथि महत्वपूर्ण प्रवचन दिने गर्दछन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares