You are here

टाइगर जिन्दा है र मोदी कनेक्शन

नयाँ दिल्ली, 30 दिसम्बर।


सलमान खान र क्याट्रिना कैफ अभिनीत ‘टाइगर जिन्दा है’ -लाई दर्शकहरूले धेरै रूचाएका छन्। यो फिल्मले पहिलो दिनदेखि नै लगातार रेकर्ड बनाइरहेको छ। टाइगर जिन्दा है 2012 मा रिलीज भएको ‘एक था टाइगर’ कै सिक्वेल हो। फिल्ममा देखाइएको कथालाई लिएर यसका निर्देशक अली अब्बास जफरले महत्त्वपूर्ण खुलासा गरेका छन्। उनले खुलासा गरेअनुसार यो फिल्मको खास कनेक्शन पीएम मोदीसँग छ।
वास्तवमा, फिल्मको कथा 2014 को बचाउ बन्धक अभियानबाट प्रेरित छ, जसमा भारतले इराकको इस्लामिक स्टेटको कब्जाबाट 46 नर्सहलाई बचाइएको थियो। स्मरणरहोस्, त्यसै समय केन्द्रमा पीएम मोदीको सरकाई आएको थियो। र यो सरकारका लागि कठिन परिस्थिति थियो तर यस्तो विषम परिस्थितिमा नवगठित मोदी सरकारले शीघ्र तत्परता देखाएर सबै नर्सलाई सकुशल फिर्ता ल्याउन सफल बनेको थियो।
फिल्मका निर्देशक अली अब्बास जफरले यसबारे न्यूज एजेन्सी एएनआईलाई दिएको एउटा अन्तर्वार्तामा यो कनेक्शनबारे खुलाएका हुन्। ‘‘हामी पीएमको यो फसेलाबाट अत्यधिक प्रभावित भएका थियौं’’, उनले भने। फिल्मको एउटा सिनमा परेश रावलको भूमिका टाइगर अर्थात् सलमान खानसँग प्रश्न सोध्छ, ‘के पीएम साहबलाई यो मिशनबारे थाह छ?’ जबकि फिल्मको असली संवाद थियो, ‘के मोदीजीलाई थाह छ? ’ जफरले भने, ‘‘यो मोदी जीलाई सम्मान दिनका लागि राखिएको थियो तर यो फिल्म काल्पनिक हो र यसमा यसमा मिशनलाई कसरी सफल गरियो त्यो पनि बताइएको छैन।
यसैकारण सेन्सर बोर्डले हामीलाई मोदीजीको स्थानमा पीएम साहब गर्ने सुझायो र हामीले यसलाई मानिलियौं। किनभने हामीले वास्तविक अभियानको जानकारी दिइरहेका थिएनौं।’’
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares