‘पद्मावती’ को बाटो खुल्ने सम्भावना

नयाँ दिल्ली, 30 दिसम्बर।

संजय लीला भन्साली निर्देशित फिल्म ‘पद्मावती’ को रिलीजको बाटो खुल्नसक्ने सम्भावना देखिएको छ। मीडिया रिपोर्ट्सलाई हामी मायौं भने सेन्सर बोर्डले फिल्मलाई 26 कट्ससहित रिलीज गर्ने स्वीकृति दिएको छ। यसका साथै सेन्सर बोर्डले फिल्मको नाम फेरेर ‘पद्मावत’ गर्न पनि भनेको छ। यसबाहेक सेन्सर बोर्डअनुसार रिलीजका लागि घुमर गीतमा परिवर्तन गर्नपर्नेछ। यसलाई लिएर सेन्सर बोर्डद्वारा गठित गरिएकोल एक विशेष प्यानलको के सुझाउअनुसार यस्तो गरिनपर्ने कुरा बताइएको छ।

जानकारीअनुसार यदि यो परिवर्तन फिल्ममा गरिए, यो विवादित फिल्मलाई U/A सर्टिफिकेट दिनसकिन्छ। यसको अर्थ, यो फिल्मलाई 12 वर्षभन्दा कम्ती उमेरका नानीहरूले आमा बाबाको निर्देशनमा हेर्नसक्छन्। थप भनिएको छ, फिल्म अघि एक डिस्क्लेमर पनि दिनपर्नेछ। अर्थात् फिल्मको कथालाई काल्पनिक बताइनेछ। यद्यपि अहिलेसम्म फिल्मका निर्देशक संजय लीला भंसाली अथवा निर्माता कम्पनीको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन।

तर उनीहरूले सेन्सर बोर्डको यी शर्तहरू मानिने बताइँदैछ। सेण्ट्रल बोर्ड अव् फिल्म सर्टिफिकेशनले 28 दिसम्बरको दिन फिल्मलाई लिएर बैठक गरेको थियो। अन्तिम फसेलासम्म पुग्नका लागि सीबीएफसीले एक विशेष प्यानलको खाँचो अनुभूत गरेको थियो। यो विशेष प्यानलमा मउदयपुरका अरविन्द सिंह, जयपुर युनिभर्सिटीका डाक्टर चन्द्रमणि सिंह र प्रोफेसर के.के. सिंह समेल थिए। सेन्सरको यस्तो पहलपछि पनि करणी सेनाले आफ्नो अड़ानमा कुनै परिवर्तन गरेको छ। एउटा टिभी च्यानलसँग बोल्दै करणी सेनाका अजित सिंहले करणी सेनाले कुनै पनि अवस्थामा यो फिल्मलाई रिलीज हुन नदिने बताएका छन्।

फिल्मको कथा राजपूत रानी पद्मावती –लाई लिएर ऐतिहासिक तथ्यहरूसँग कथित छेड़छाड़को आरोपमा विवादमा मुछिएको छ। यद्यपि यो आरोपलाई निर्देशक भन्सालीले अस्वीकार गर्दै आएका छन्। केही संगठनको आरोप छ, फिल्ममा अलाउद्दीन खिलजीको महिमामण्डन गरिएको छ। यसका साथै खिलजी र रानी पद्मावतीबीच ड्रीम सीक्वेन्स देखाइएको छ। यसबाहेक घुमर डान्समा पनि राजपूत समाजको गलत प्रस्तुति गरिएको छ। भनिँदैछ, पुरुषहरूअघि रानीहरू नृत्य गर्थेनन्। यस्तोमा प्रश्न उठ्छ, घुमर गीतमा के परिवर्तन गरिनेछ। के फिल्म निर्माता यो गीतलाई हटाउनेछ अथवा अन्य विकल्प खोल्नेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares