You are here

मानवताको उद्धार अनि कल्याणको निम्ति अध्यात्मको प्रचार हुन आवश्यक छ – सतपालजी महाराज

सिलगढी, 1 जनवरी 2018


पुरानो वर्षको अन्तिम दिन अथवा नयाँ वर्ष आगमनको उपलक्ष्यमा  सद्भावना सम्मेलनको दुई दिवसीय  कार्यक्रमको अवसरमा मानव धर्मका प्रणेता सतपाल जी महाराजले सबै भगवतभक्तगण तथा सबै देशवासीहरूलाई शुभकामना दिँदै सबैको मङ्गल कामना गरे।

उनले नयाँ वर्षमा नयाँ उमङ्ग अनि उत्साहको साथ आध्यात्मिक जागरण गर्दै देश अनि विश्वमा शान्ति स्थापित गर्न सबै देशवासीहरूलाई  आह्वान गर्दै शान्ति केवल अध्यात्मले मात्र पाउन सकिने बताए।

नेपाली भाषाको संवैधानिक मान्यताको लागि आफूले गरेको योगदानको स्मरण गर्दै श्री महाराजले बताएअनुसार  सन् 1985 मा जब नेपाली भाषालाई राज्य संवैधानिक स्तरमा मान्यता दिलाउनको निम्ति सिलगड़ी, दार्जीलिङ हुँदै सिक्किमको गान्तोकसम्म पदयात्रा गरिएको थियो अनि दार्जीलिङको चौक बजारमा जनसभा भएको थियो।

‘जब बाटोमा मानिसहरू भेटिन्थे तब मलाई भन्थे कि जब सन्त अगाड़ी बढ़िरहेका हुन्छन् तब अवश्य नै केही हुनेछ अनि त्यो सफल भयो। अध्यात्ममा जागरण भयो भने हाम्रो देश बलियो हुनेछ। मानवताको उद्धार अनि कल्याणको निम्ति अध्यात्मको प्रचार हुन आवश्यक छ,’ उनले भने, ‘यो विज्ञानको चमत्कार हो। जसले अप्टिकल फाइबरको माध्यमले एक स्थानदेखि अर्को स्थानमा कुरा गर्न सक्छौँ। भारतदेखि  सिधा न्यूयर्कमा बात गर्नसक्ने अप्टिकल फाइबरको नै योगदान हो। यसैले आजको सद्भावना सम्मेलनको सीधा प्रसारण 40 भन्दा अधिक देशहरूमा भैरहेको छ। इन्टरनेट अनि टेलिविजनको माध्यमले मानिसहरूले यो कार्यक्रम हेरिरहेका छन्।’

उनले मनले पनि गुरु महाराजजीसित जोड़िन सकिने बताए। ‘कबीर दासजी भन्छन् – “मन दिया तब सब दिया, मन के लार शरीर, और देवन को कुछ नही, कह गए दास कबीर।’ – यदि मनलाई समर्पण गऱ्यौँ भने हामी संसारलाई जित्छौँ,’ उनले भने,  ‘महान् चीज महान् त्याग पछि मात्र प्राप्त हुन्छ । कति  गरीब भक्तहरू छन् जो हरिद्वार अनि दिल्ली आउन सक्दैनन्। सबै भगवदभक्तहरू अनि स्थानीय मानिसहरूको उत्थानको निम्ति सिलगड़ी स्थित सालुगड़ामा सद्भावना सम्मेलन आयोजन गरिएको छ।’

सद्भावना सम्मेलनलाई  विभूजी महाराज, माता अमृताजी अनि विभिन्न सन्त महात्माहरूले सम्बोधन गरेका थिए। सद्भावना सम्मेलनको समापनको अवसरमा आज मानव उत्थान सेवा समिति, मानव सेवा दल र आध्यात्मिक युवा सङ्गठनले सतपालजी महाराजका पुत्रद्वय विभूजी महाराज र सुयशजी महाराजको नेतृत्वमा विहानैदेखि सालुगाड़ा बजारदेखि सम्मेलन परिसरसम्म नगर सफाई गरे।

यस अवसरमा स्थानीय पञ्चायत प्रधान कविता छेत्री (साइवो) , अजित साइवो लगायत स्थानीय धेरै सचेत व्यक्तिहरूले पनि साथ दिएका थिए।  ‘हामीले हाम्रो परिवेश सँगै मनको प्रदुषणलाई पनि सफा गर्नुपर्छ,’ श्री विभूजी महाराजले भने।

राती 12 बजे नयाँ बर्ष 2018 लाई स्वागत गर्दै प्रत्येक भक्तहरूले दीप प्रज्ज्वलन गरे। अनि सांस्कृतिक विभागका कलाकारहरूले विभिन्न भाषामा  जन कीर्तन र सांस्कृतिक कार्यक्रहरू पेश गरे ।


भारतमा हिमालयन मन्त्रालय हुन जरुरी छ

» श्री सतपालजी महाराज


भारतमा पहाड़ी क्षेत्रका राज्यहरूको समुचित विकाश हुन सकिरहेको छैन अनि पहाड़का राज्यहरूले अनगिन्ती समस्याहरूको सम्मुखिन हुन परिरहेको छ। आज सारा विश्व ग्लोवल वार्मिङको चपेटमा छ, यसको प्रभाव सागरमा भन्दा पहिला पहाड़ी क्षेत्रमा पर्ने गर्छ। भारतबर्षमा हिमालय क्षेत्रसित संलग्न पहाड़ी राज्यहरू अत्यन्त संवेदनशील छन्। यी क्षेत्रहरूको समुचित विकाशतर्फ ध्यान दिइएन भने यसले देशमा थप समस्याहरू जोड़िनेछन्।

पहाड़का समस्याहरू मधेसका भन्दा भिन्नै छन्, यसैले देशले मधेसका विकाश योजनाहरूसित पहाड़का समस्याहरूलाई जोड़दा यसले धेरैवटा असुविधाहरू पैदा हुने गर्छ अनि विकाशमूलक कार्यमा धेरै बाधाहरू हुनसक्छन्। हिमालयन मन्त्रालयले विशेष रुपमा पहाड़का समुचित विकाशको निम्ति यो सित संलग्न पहाड़ी राज्यहरूको विभिन्न योजनाहरूलाई कार्यान्वयन गर्दै समस्याहरूको समाधान गर्न सक्छ।

आज पहाड़ी राज्यहरूबाट केन्द्रमा गएका मन्त्रीहरूले विशेष रुपमा पहाड़का समस्याहरूमाथि काम गर्न सकिरहेका छैनन्। उनीहरूले सारा देशको विकाशतर्फ सरकारले तयार गरेको कार्य योजनामाथि काम गर्नुपर्ने हुनुपर्छ, यसैले विशेष रुपमा पहाड़ी क्षेत्रको निम्ति अलगै मन्त्रालय भएको भए त्यसले केवल पहाड़को विकाशको निम्ति सोँच्नसक्नेथियो। बर्तमान समयमा सारा विश्वले भोग्नुपरेको ग्लोवल वार्मिङ जसले सबभन्दा पहिला पहाड़ी क्षेत्रमा प्रभाव पार्ने गर्छ।

ग्लोवल वार्मिङले सबभन्दा पहिले हिमालयमा असर हुने गर्छ अनि पहाड़ी इलाकामा प्राकृतिक प्रकोप हुने गरेको छ, ग्लोवल वार्मिङको कारणले पहाड़का जैविक विविधताहरू नष्ट हुँदै गइरहेका छन् । त्यसलाई देशले अलग किसिमले योजनाहरू तयार पार्न सकिरहेको छैन। आज पहाड़को समुचित विकाश हुन नसकेर पहाड़बाट युवाहरू देशका विकशित शहरहरूमा पलायन हुन परिरहेको छ, एउटा मात्र राज्य होइन, हिमालय क्षेत्रसित संलग्न पहाड़ी राज्यहरूबाट युवाहरू अनगिन्ती संख्यामा यसरी नोकरीको खोजीमा पलायन भइरहेका छन् जो अत्यन्त चिन्ताको विषय हुनगएको छ।

जब जब पनि पहाड़मा विकाशको उपेक्षा हुन्छ यसले युवाहरूमा नकारात्मक सोंच अघि आउने गर्छ अनि यसले देशलाई नोक्सान पुऱ्याउँछ । केन्द्रमा यस अघि हिमालयन मन्त्रालयबारे कुराकानी भएको हो, तर आज आएर यो विषयमाथि सरकारले कुनै चिन्ताधारा लिन सकिरहेको छैन अनि पहाड़ी क्षेत्रका कुनै पनि राजनैतिक पार्टी न ता कुनै पनि नेतृत्वले हिमालयन मन्त्रालयमाथि कुराहरू उठाउन सकिरहेका छैनन्।

आज हिमालयन क्षेत्रमा संलग्न राजनैतिक पार्टीहरूले यो मन्त्रालयबारे चिन्ताधारा लिएर केन्द्रमा कुरा उठाउन अत्यन्त जरुरी महसुस गरिरहेको छु।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares