You are here

आज पुस्तक दिवस पालना

मिरिक, २ जनवरी।


मिरिकको विभिन्न सरकारी माध्यमिक विधालयहरूमा आज पुस्तक दिवस पालना गर्‍यो। पश्चिम बङ्गाल राज्य सरकारको शिक्षा मन्त्रालयले आज विद्यालयहरूमा विद्यार्थीहरूलाई पठनपाठन गराइने पाठ्यपुस्तक र खाता उपलब्ध गराएर यसलाई पाठ्यपुस्तक समयमा नै बितरण गराउन शिक्षा बिविभागले निर्देश दिएपछि आज विद्यालयहरूमा पाठ्यपुस्तक र खाताहरू पनि बितरण गरियो।

यहाँको फुवागढी उच्चत्तर माध्यमिक विद्यालयमा पनि आज पुस्तक दिवस पालना गर्दै विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गर्‍यो। विद्यालयकी शिक्षण प्रभारी सरोजा भारतीको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा विद्यालयका नवौं श्रेणीदेखि बाह्रौं श्रेणीसम्मका विद्यार्थीहरूलाई सहभागी गराई पुस्तक वितरण गरियो।

सरकारले यस ठन्डा महिनाको बिदामा विद्यार्थीहरूले घरमा लगेर आफै पढ्न सिकुन् भन्दै विद्यालयहरूको शैक्षिक सत्र सुरु हुँदासम्म केही मात्रामा अध्ययन गरेर आउन सकुन् भनि यो पुस्तक बितरण गरिएको हो।

सो विद्यालयका शिक्षक पेमा लामा अनि शिक्षिका निलम बान्तावाले यस समारोहमा विद्यार्थीहरूलाई नीति शिक्षा, क्यारियर काउन्सिलबारेमा पनि जानकारी गराए। शिक्षक प्रभारी सरोजा भारतीले पनि विद्यार्थीहरूलाई पनि विद्यालयको शिक्षा र अनुशासनबारेमा जानकारी गराइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares