प्रकाशले लिए बन्द वापस : लोकसभामा उठ्यो हिंसाको मुद्दा

मुम्बई, 3 जनवरी: महाराष्ट्रको पुणे जिल्लामा भीमा-कोरेगांव युद्धको दुइ सय वर्ष मनाउनको लागि आयोजना गरिएको कार्यक्रमबीच भएको हिंसाको आगो मिम्बई समेत राज्यको धेरै शहरसम्म फैलियो । यसमाथि बाबा साहब बीआर अम्बेडकरको नाती प्रकाश अम्बेडकरले हिंसा रोक्नमा सरकारको असमर्थताको प्रतिवादमा बुधबार ढाकेको  एक दिनको बन्द वापस लिएका छन् । प्रकाश अम्बेडकरले घोषणा गरेको यस बन्दलाई २५० भन्दा अधिक दलित संगठनहरूको समर्थन थियो ।

‘भीमा कोरेगांव युद्ध स्मृति कार्यक्रम  विरूद्ध भएको हिंसाको विरोधमा विभिन्न दलित एवं अन्य संगठनद्वारा ढाकिएको दिनभरीको महाराष्ट्र बन्द वापस लिइएको छ’,  भारिप बहुजन महासंघको नेता प्रकाश अंबेडकरले आज भने ‘राज्यको लगभग पचास प्रतिसत जनताले यस बन्दमा सहभागीता देखाएका छन् ।‘

यसभन्दा अगाडि दलितहरूको प्रदर्शनको कारण मुम्बईको धेरै मान्छेहरूले समस्याहरू झेल्नुपऱ्यो । बन्दअवधि सरकारी परिवहनको बसहरूमा पथरावका छुटपुट घटनाहरू छोडेर स्थिति सामान्य थियो । स्कूल अनि बजारलाई आज बन्द राखिएको थियो । राज्यमा दलित नेताहरूको बन्दको आह्वानकोबीच मुम्बईमा फेरि एकचोटि बसहरूलाई निशाना बनाइएको थियो । प्रदर्शनकारीहरूले कतिपय रेल सेवाहरूलाई पनि बाधा दिएको जानकारी कतिपय न्यूज च्यानलहरूले दिए ।

प्रदर्शनलाई ध्यानमा राखेर पुलिसद्वारा ठाउँ – ठाउँमा रोड ब्लक गरिएको थियो । साँझसम्म सबै रोडहरू पुन खोलिएको छ ।

यसबीच राज्यसभा अनि लोकसभामा पनि विपक्षका नेताहरूले महाराष्ट्रमा जातीय हिंसाको मुद्दा उठाए । राज्यसभाका सभापति एम वेंकैया नाइडूले बहसको अनुमति दिएनन् ।

लोकसभामा कांग्रेस नेता मल्लिकार्जुन खडगेले प्रश्न गरे, ‘कार्यक्रममा कसले दखल दिएको थियो ?’उनले भने, ‘समाजलाई बाँड्नको लागि काम गरिरहेका आरएसएस जस्ता कट्टर हिन्दुत्ववादीहरूको यस घटना पछाडि हात छ ।

महाराष्ट्र हिंसामाथि पीएम मोदी चुप बस्नु हुँदैन ।‘ ‘यस्ता घटनाहरूमा उनी कसरी “मौनी बाबा” भएर बस्न सक्छन् ?’ उनले प्रधानमन्त्रीलाई कटाक्ष गरे ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares