You are here

टिकट नपाएपछि दुःखी बने विश्वास : शुरू भयो वाकयुद्ध

दिल्ली, 4 जनवरी: अगाडिबाट नैं जीत तय भइसकेको राज्यसभा सिटको लागि आम आदमी पार्टीले आफ्नो उम्मेद्वार घोषणा गरेलगत्तै पार्टीको नेता कुमार विश्वासले पार्टी प्रमुख अरविन्द केजरीवाससँग वाकयुद्ध शुरू गरिदिएका छन् । सत्य बोलेको कारण उनलाई सजाय दिने काम भयो, केजरीवाललाई उनको भन्नु यस्तो छ।

अरविन्द केजरीवाल अनि मनिश सिसोदियासंग पार्टी गठन गर्ने फाउन्डर सदस्य कुमार विश्वासलाई संसदभवन पठाउने माँगमा आज विश्वासका समर्थकहरूले पार्टी मुख्यालयमा पिकेटिङ गरे । पार्टी प्रमुखको पदबाट आफूलाई हटाउने चेष्टा गरेको आरोप लगाइरहेका केजरीवालले यी कवि – राजनितिज्ञको राज्यसभा जाने बाटो बन्द गरिदिएका छन् ।

राज्यसभा उम्मेद्वारिताको लागि पूर्व आरबीआई प्रमुख रघुराम राजनजस्ता एघारजना प्रख्यात हस्तीहरूको अर्जी खारेज गरेपछि अन्तमा आज आम आदमी पार्टीले चुनिएका तीन नामहरू सार्वजनिक गरेको छ । यसमा पार्टी नेता सञ्जय सिंह, दिल्लीका ख्यातिप्राप्त व्यापारी शुशिल गुप्ता अनि चारटर्ड एकाउन्टेन्ट एनडी गुप्ता छन् ।

सामाज सेवा अनि पार्टीको लागि उनीहरूको योगदानको कदर गर्दै दिल्लीको उप – मुख्यमन्त्री मनिश सिसोदियाले दुइ गुप्ताहरूको परिचय दिए ।

‘नाम जे नै भए पनि यी दुइ गुप्ता अनि केजरीवाललाई पार्टीको हितमा आफ्नो इमान्दारिता देखाएकोमा बधाई छ’, विश्वासले भने, ‘उनीहरू संसदको त्यस सिटमा गएर बस्नेछन् जहाँ एक समय अटल बिहारी बाजपायी अनि इन्दीरा गान्धीजस्ता हस्तीहरू बसेका थिए ।‘

‘यसभन्दा अगाडि कहिल्यै पनि पार्टीसंग यति हतास भएको थिइनँ,’ विश्वासले थपे ‘उनीहरू आफ्नो डिलको लागि यति अन्धो हुन नहुने थियो ।‘

पार्टी प्रमुखद्वारा लिइएको पार्टीका कतिपय निर्णयहरूलाई उनले इमान्दारिता साथ आलोचना गरेका थिए । यसैको लागि उनलाई सजाय दिने काम भयो । आफूलाई उम्मेद्वारिता नदिनुको यस्तो कारण बताउँछन् विश्वास ।

‘केजरिवालले भनेका थिए, तिमी मरेका छौ तर कुनै हालतमा म तिमीलाई शहीद हुन दिन्न । आज म भन्न सक्छु, मृत शरिरमाथि हस्तक्षेप नगर्नुहोस। दुर्गन्ध नफैलाउनुहोस,’ कविताको शैलीमा उनले केजरीवालको निन्दा गरे ।

‘जे जे गलती गरेपनि केजरीवाल बिक्री हुन सक्दैनन् भनेर मैले बारबार भन्ने गरेको थिएँ’ पूर्व आप नेता अनि स्वराज इन्डीयाका फाउन्डर योगेन्द्र यादवले दुःख पोखे, ‘तर आज मलाई केही भन्न मन लागि रहेको छैन ।‘

सञ्जय सिंह अनि दुइ गुप्ताहरूलाई उम्मेद्वारिता दिने निर्णय हिज मुख्यमन्त्री केजरीवालको घरमा लिइएको थियो ।  सभामा आपको परामर्श टोलीका ५६ सदस्यहरूको उपस्थिति थियो । पार्टीको सर्वोच्च निर्णायक टोलीले सभा लगत्तै यस सुझावलाई आधिकारिक छाप लगायो । निर्णायक टोलीको सदस्य कुमार विश्वास सभामा उपस्थित थिएनन् ।

दिल्लीको तीन राज्यसभा सिटको लागि १६ जनवरीको दिन चुनाव हुने तय भएको छ । कुल ७० विधानसभा सिटहरूमा ६६ सिटमा हक जमाइरहेको आम आदमी पार्टीले तीनै राज्यसभा सिट जित्ने तय छ ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares