लिम्बु भाषा-लिपि अध्ययनका निम्ति शिविर

कालेबुङ, 4 जनवरी।

भाषा अनि संस्कृतिको विकासका लागि लिम्बु समुदयका नानीहरूलाई लिएक शितकालिन शिविरको आरम्भ गरिएको छ। कालेबुङ जिल्लाको पेदोङ शहर अन्तर्गत कास्योम बस्तीमा उक्त शिविर शुरू गरिएको छ।

कास्योमको सिङताम ट्राईबल प्राथमिक पाठशाला भवनमा चलिरहेको शिविरमा तालिम दिनका लागि सिक्किम राज्यका लिम्बु भाषामाथी अध्ययन गरिरहेका विधार्थीहरू आएका छन्। तादोङ सरकारी महाविद्यालयमा तेस्रो वर्षमा अध्ययनरत दुइ छात्रा विनय सुब्बा अनि दुतराज सुब्बाले नानीहरूलाई तालिम दिइरहेका छन्। लिम्बु जातीय सङ्गठन याकथुङ सोङ चुम्फो सङ्गठनको क्षेत्रिय शाखाको आयोजनमा उक्त शिविर आरम्भ गरिएको हो।

सङ्गठनका अध्यक्ष रणविर नुगोले जानकारी गराए अनुसार विधार्थीहरूको शितकालिन विदा रहेको कारण उनीहरूमा जाति चेतनाको विकास गराउन अनि लिम्बुहरूको भाषा, संस्कार संस्कृतिको केहि बुनियादी बिषयबारे अध्ययन गराउन उक्त शिविर आयोजनाको उदेश्य रहेको छ। यता तालिम दिनका लागि सिक्किमबाट आएका विधार्थी विनय सुब्बाले  शिविरमा नानीहरूलाई लिम्बु भाषा, लिपि माथी विशेष अध्ययन गराइने जानकारी दिएका छन्।

“यसका साथै के-लाङ अर्थात च्याब्रुङ नाच अनि (भा-राग) धान नाच लगायत लोक गीतहरू शिविरमा सिकाइनेछ” –उनले भने। आफूहरूले विगत बर्ष पनि कास्योममा शिविर सम्पन्न गरेको अनि यस वर्ष पुन: सोही नानीहरूलाई लिएर यसरी तालिम दिन पाउँदा खुशी अनुभव भइरहेको उनले बताए। शिविरको समापन आगामी १५ जनवरी माघे सङ्ग्रातीको दिन गरिने भएको अनि सोही दिनदेखि लिम्बु नयाँ साल पनि शुरू हुने आयोजक पक्षले जानकारी दिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares