You are here

मेला ग्राउण्डमा तीन दिवशीय उत्सव शुरू

कालेबुङ, 5 जनवरी।

जिल्ला सूचना तथा सांस्कृतिक विभाग, कालेबुङको आयोजनामा आजदेखि यहाँको मेला ग्राउण्डमा तीन दिवशीय कार्यक्रम शुरू भएको छ। जिल्ला लोक संस्कृति औ गीति नाटक उत्सव नामक उक्त कार्यक्रम पश्चिम बङ्गाल गीति नाटक अकादमीको सहयोगितामा आयोजना भइरहेको छ।

कार्यक्रमको आज पहिलो दिन जिल्लापाल डा. विश्वनाथ मुख्य अतिथिको रूपमा उपस्थित थिए भने कार्यक्रममा लोक प्रसार प्रकल्पका कलाकारहरूले विविध प्रस्तुती दिएका थिए। कार्यक्रमको शुरूवातमा लोक प्रसार प्रकल्पका कलाकारहरूले टाउन हलदेखि सांस्कृतिक ऱ्याली निकालेका थिए। मेनरोडबाट डम्बर चोक हुँदै उक्त ऱ्याली मेला ग्राउण्डमा आएपछि सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रममा परिवर्तित भएको थियो।

तीन दिवसीय कार्यक्रममा स्थानीय लगायत कोलकाताका कलाकारहरूले पनि विविध प्रस्तुतीहरू दिनेछन् भने जिल्ला सूचना तथा सांस्कृतिक विभाग अधिकारी दिपक केरकेट्टाले सबैलाई कार्यक्रममा उपस्थित बनिदिने आह्वान गरेका छन्। विशेष जातीय संस्कृति संरक्षणको निम्ति राज्य सरकारद्वारा यस प्रकारको कार्यक्रम आयोजना भइरहेको अनि सोही अन्तर्गत यो तीन दिवसीय कार्यक्रम आफूहरूले आयोजना गरेको उनले थप जनाएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares