You are here

लामागाउँ गोल्डकप शुरू: सन्जु एकाडेमी दोस्रो चरणमा

सञ्जय निरौला/ बिजनबारी, 5 जनवरी:  एक रङ्गारङ  कार्यक्रमको आयोजनाको साथमा बिजनबारी भेगकै सबैभन्दा ठुलो नगदसहितको फुटबल प्रतियोगिता लामागाउँ गोल्डकपको पहिलो संस्करण तथा प्रतियोगिताको चौथो सस्करणको  शुरुवात गरियो।

स्थानीय लामागाउँ वेलफेयर सोसाइटीको आयोजना तथा स्वर्गीय गौरी प्रसाद अनि मकरसिंह सुब्बाको स्मरणमा पहिलोपटक भइरहेको गोल्डकप प्रतियोगितामा पुलबजार थाना प्रभारी भूषण छेत्री प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनीबाहेक एसआई सुलिन तामाङ, कवि निमेष सुब्बा सिकारू, अम्जत हसन कपदाता, अमृता सुब्बा टीबी लिम्बु, पीबी लिम्बू, हास्य कलाकार सोबित राई, कमल शर्मा लगायत स्थानीय फूटबलप्रेमी दर्शकहररूको बाक्लो भिड थियो।

सोसाइटीका सभापति सन्दीप सुब्बाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि थाना प्रभारीले फुटबललाई किक गर्दै सिजन चारको शुरुवात गरेका थिए।

शुरुवाती म्याच आयोजक टोली बनाम भिरगाउ फुटबल दलमाझ भएको थियो जसमा आयोजक दल शुन्यको बिरुद्ध दुई गोल गर्दै आगिल्लो चरणमा प्रवेश गरेको छ। निकै रोमाञ्चपुर्ण चलेको खेलमा आयोजक दलका अविशेक लिम्बूले खेलको पहिलो हाफमा गोल गर्दै टीमलाइ अग्रता दिलाएका थिए। भिरगाउ दलबाट पनि धेरैवटा प्रयास भएको भए पनि पहिलो हापमा सफल हुन सकेन। दोस्रो हापको शुरुमा नै आयोजकका अबिशेक लिम्बुले पुन गोल गर्दै दुई गोलको अग्रता दिलाएभने खेलको अन्तसम्म थप कुनै गोल हुन नसकेपछि  भिरगाउ दल शुरूवाती म्याचबाटै बाहिरीएको हो।

अर्कोतिर दोस्रो खेलमा सिक्किम तथा भारतका नामि फुटबल खेलाडी  सन्जु प्रधानको नाममा बनेको सन्जु फुटबल एकाडेमी सोमबारे सिक्किमले नमो बुद्ध फुटबल क्लब रिम्बिकलाई एकको बिरुद्ध तीन गोल गर्दै प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेको छ। निक्कै रोमाञ्चपूर्ण भएको खेलमा दुवै दलले दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएको भए पनि नमो बुद्ध दलका खेलाडीहरूले भनेजस्तो प्रदशन गर्न नसकेपछि पहिलो चरणबाट नै बाहिरीएका हुन। खेलको शुरुवाती मिनेटमा नै पेनाल्टीदारा गरिएको गोलले अग्रता लिएको सन्जु एकाडेमीले पहिलो हापको अन्तिम समयमा गोल गर्दै दुई शन्यको अग्रता लिएको थियो भने खेलको दोस्रो हापमा पुनः एक गोल गर्दै जीत सुनिश्चित गरेको थियो। नमो बुद्धले खेलको दोस्रो हाफमा एक गोल गरेको भए पनि त्यो  जीतको निम्ति पर्याप्त हुन सकेन। दुवै खेलमा अन्डर सत्र(१७) दलमा भारतीय दल कप्तान समेत रहेका धिरेन थापा मुख्य निर्णायक रहेका थिए।

आगामी २६ जनवारी सम्म चल्ने उक्त प्रतियोगितामा दार्जिलिङका ख्यातिप्राप्त फुटबल  दलहरू बाहेक सिक्किम स्काउट एपेक्स कालेबुङ फिक्कल नेपाल कन्चनजङा फुटबल क्लब सिलिगुडी लगायत असमका फुटबल दलहरूले भाग लिने भएको छ।। जम्मा २६ वटा दलहरूको प्रतिस्पर्धा रहेको प्रतियोगिताको बिजेता दललाइ एक लाख तथा उपबिजेता दललाइ साठी हजार सहितको पुरस्कारले सम्मानित गर्ने भएको छ। प्रतियोगिताको यसपटक चौथो सस्करण हो भने गोल्ड कपको पहिलो सस्करण हो।

सोसाइटीको निम्ति यो एतिहासिक दिन रहेको तथा गाउँलेहरु सहयोगले नै गाउमा यस्तो स्तरीय प्रतियोगिताको आयोजना गर्न सकिएको सोसाइटीका सभापति  सन्दीप लिम्बुले बताएका छन।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares