कञ्चनजङ्घा फूटबल प्रतियोगिता समापन; बिजनबारीलाई हराउँदै पुलबजारको झोलीमा  

सन्जय निरौला/बिजनबारी, 7 जनवरी: पहाडको कुना कन्दरामा रहेका युवाहरूलाई खेलको माद्यमबाट सही मार्गमा ल्याउदै लुकेर बसेका प्रतिभालाई मञ्च प्रदान गर्ने उदेश्यले  जिल्ला पुलिस दार्जीलिङको आयोजनामा पहाड तराई खेलकुद उत्सव अन्तर्गत समष्टि स्तरिय कन्चनजङ्घा फूटबल प्रतियोगिताको समापन बिजनबारी खेल मैदानमा रगारग कार्यक्रमको आयोजनासगै गरियो।

कार्यक्रममा आइ पी एस जावेद सामी (आइ जी) उत्तर बङाल ट्राफिक, दार्जीलिङ पुलिस अधिक्षक अखिलेश कुमार चतुरबेदी,  आइपीएस मनोज बर्मा (आइ जी) दार्जीलिङ पुलिस, सिद्धार्थ दोर्जी, पुलिस अधिकारी  दार्जीलिङ  पुलबजार थानाबाट थाना प्रभारी भुषन छेत्री लगायत थानामा खटिएका अधिकारीदेखी सिभिक तथा भिलेज पुलिसका जवानहरु लगायत बिजनबारी भेगका विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरु जसमा गोर्खा जनमुक्ति मोर्चाबाट एल एम लामा, सतिस पोख्रेल, सिरिमान राई तृणमुल काङ्ग्रेसबाट निर्मल सिङ गोरामुमोबाट गायस सुब्बा तथा सुरेन गुरुङ तथा भारतीय कमुनिन्ट पार्टी (माक्र्सवादी)बाट के बी वातर लगायत सामाजिक कार्यकताहरु तथा  स्थानीय  सर्वसाधारण खेलप्रेमिको बाक्लो भिड थियो।

स्थानीय बिजनबारी फूटबल दल तथा पुलबजार फूटबल दलमाझ भएको अन्तिम तथा निर्णायक खेलमा पुलबजार दलले ट्राइ ब्रेकरमा बाजी मार्दै ५० हजार सहितको ट्रफीमा बाजी मारेको हो भने स्थानीय दर्शकहरुको समर्थन पाएको बिजनबारीले पराजित बन्दै ३० हजारमा चित्त बुझाउनु परेको थियो।

निक्कै रोमाञ्चपूर्ण भएको खेलमा पहिलो हापमाको शुरुवाती समयमा नै बिजनबारीले पहिलो गोल गर्दै टिममा बढत दिलाएको भए पनि केही मिनट पछि जवाबी गोल गर्दै पुलबजारले खेलमा रोमाञ्च बढाएको थियो। पहिलो हाप सकिन केही समयअघि बिजनबारीले दोस्रो गोल गरेको थियो। खेलको दोस्रो हापमा अझै रोमाञ्च भएको खेलमा पुलबजारले पुनः गोल गर्दै खेलमा बराबरीमा ल्याएको थियो। निर्धारीत समयमा थप अर्को गोल नभएकोले खेल ट्राइ ब्रेकरमा धकेलिएको थियो भने ट्राइ ब्रेकरमा पुलबजारले बाजि मारेको थियो।

पुलबजार थाना अधिनस्थ पुलबजार बिजनबारी गोक समष्टिका विभिन्न दलहरूको बीचमा भएको प्रतियोगिता गत २२ डिसेम्बरदेखि चलिरहेको थियोे भने बिजेता बनेका दलाललाई  दार्जीलिङ सदर थानाको अधिनमा चलिरहेको तीनवटा समष्टिका बिजेता दलहरुसँग भिडन्त गरिनुपर्ने बताइएको छ।

सी आइ दार्जिलिङ सदर पुरण राइको सभापतित्वमा भएको खेलमा मनिष सुब्बा पुलबजार दललाई खेलको उत्कृष्ट खेलाडी तथा कर्माटार फूटबल दलको सेतु राइलाइ म्यान अफ सिरिजको रूपमा घोशित गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares