लामागाउँ गोल्डकपको पहिलो चरणका खेलहरू रोमाञ्चपुर्ण बन्दै

सन्जय निरौला/ बिजनबारी ,7 जनवरी: स्वर्गीय गौरी प्रसाद तथा मकरसिङ लिम्बू स्मारक बिजनबारी भेगको सबैभन्दा ठुलो फूटबल प्रतियोगिता लामागाउ गोल्डकप दैनिक रूपमा रोमाञ्चपूर्ण बन्दै गइरहेको छ।

शुरुवाती म्याच अन्तर्गत दोस्रो दिनको छिमेकी राष्रस्ट नेपालको फिक्कल बनाम चेल्सी ब्रुस दार्जिलिङमाझ भएको खेलमा दार्जिलिङले फिक्कल दललाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो। शुरूवातबाटै म्याचमा पकड बनाएको दार्जिलिङका सुरज रावतले पहिलो मिनेटमा तथा यसको लगत्तै एक मिनेट पछि आशिष् लिम्बूले दोस्रो गोल गरे।खेलको दोस्रो हापमा फिक्कलका सजोक खड्काले गरेको भए पनि म्याचको निम्ति प्रयाप्त हुन सकेन।

दिनको दोस्रो म्याच एपिक्स कालेबुङ बनाम युनाइटेड फूटबल क्लब रङबुल माझ भएको भिडन्तमा रङ्बुलले बाजि मारेको हो खेलको पहिलो मिनेट नयन प्रधानले युनाइटेडको पक्षमा गरेको गोल नै निर्नायक बन्यो भने पहिलोम्याचबाट नै कालेबुङ बाहिरियो।

अर्कोतिर तेस्रो दिन लोधोमा फूटबल क्लब बनाम रेडबुल बिजनबारीमाझ भएको खेलमा रेडबुलले बाजि मारेको थियो। निक्कै रोमाञ्चपुर्ण भएको खेलमा शुरुआतको पहिलो हापमा एक एक गोलमा बराबर भएको म्याच अन्तिम समयसम्म कुनै गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियोभने अतिरिक्त समयको पहिलो तथा तेस्रो मिनेटमा रेडबुलका निक्कु सुब्बा तथा प्रशान्त सुब्बाले गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो।

यसरी नै दार्जिलिङ युनाइटेड बनाम रेलिङ युथमाझ भएको खेलको  २० मिनेटमा युनाइटेडको वाङ्दी तथा ३० मिनेटमा गणेश लिम्बुले दोस्रो गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको गरेको होभने रेलिङ पहिलो चरणबाट बाहिरिएको हो। धिरेन गुरुङ मुख्य निर्नायक भएको खेलहरुमा स्थानीय तथा फूटबल प्रेमिहरुको दर्शकहरुको बाक्लो भिडथियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares