You are here

एनएफई केन्द्रका बाल बालिकाहरूलाई युएनसीआरसी अनि जेण्डर विषय प्रशिक्षण प्रदान

रिमल मोक्तान/पेशोक, ९ जनवरी: हिल सोसियल वेलफेयर सोसाइटी, कालेबुङले पेशोक अनि लप्चु चियाबारीहरूका बाल सङ्घका बाल बालिका अनि युवाहरूलाई युएनसीआरसी अनि जेण्डर विषयमा प्रशिक्षण प्रदान गऱ्यो। सोसाईटीको पहलमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा मुख्य प्रशिक्षक एवं स्रोत व्यक्तिका रूपमा (डिसिपियु ) डिस्ट्रीक्ट चाइल्ड प्रोटेक्सन युनिटबाट ज्ञानेन्द्र जी. शर्मा अनि सहयोगीको रूपमा फुर्बा शेर्पा उपस्थित थिए।

पेशोक चियाबारीको डाकबङ्गलो एनएफई केन्द्रमा आयोजन गरिएको उक्त प्रशिक्षण कार्यक्रममा लप्चु अनि पेशोक चियाबारीका बाल सङ्घ (चाइल्ड क्लब) का तीन-तीन जना गरी बाह्रवटै केन्द्रबाट सहभागीता जनाएका थिए। क्षेत्रका परियोजना सह-संयोजिका अनुजा तामङले जनाए अनुसार प्रशिक्षण कार्यक्रममा परिचयको आदान प्रदान गरियो भने एकाअर्काको नाम अनि ठेगाना पत्तो लगाउने प्रक्रिया मार्फत टाडा-नजिकका साथीहरूको बारेमा जानकारी एकत्रित कसरी गरिनु पर्ने भन्नेबारे अवगत गराइएको थियो। जम्मा तीस जना नानीहरूलाई समूह बनाएर बाल अधिकार के के हुन् भन्नेबारे जनाउदै युएनसीआरसीको पूरा नाम, यसको गठन अनि गठनको औचित्यबारे ज्ञानेन्द्र जी शर्माले प्रकाश पारे भने कति बर्ष सम्मलाई नानी भनिएको छ ? भन्ने बारे जानकारी पनि गराइएको थियो। भारतले पनि १९९२ सालमा युएनसीआरसी मा सहमति जनाउदै सही गरेको जानकारी पनि दिइयो।

कार्यक्रममा नानीहरूले उत्साहसित सहभागीता जनाएका थिए भने उनीहरूको कार्यक्रम विषय जिज्ञासा राख्दै प्रश्नहरू पनि गरेका थिए। युएनसीआरसीका मुख्यतः धारा-1 अनि 42 बारे बिस्तृत रूपमा अवगत गराइएको थियो भने प्रत्येक धाराहरूको उपधाराहरू बारे पनि फुर्बा शेर्पाले जानकारी गराए साथै स्लाइड शो बाट उक्त धाराहरु बारे जानकारी गराउदै मिलेर गरेको कार्य सफल हुन्छ भन्ने सन्देश स्वरूप लघु फिल्महरू पनि देखाइएको थियो।

दोस्रो चरणको कार्यक्रममा पर्यावरणबारे सचेत गराउदै पेशोक गर्लाङ बाल सङ्घका राजु गुरुङले कविता पाठ गरे। सो अवसरमा सोसाइटीको पक्षमा परियोजना संयोजक गोविन्द प्रधान, सह-संयोजिका अनुजा तामङ लगायत 11 जना केन्द्र प्रभारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमबारे परियोजना संयोजक गोविन्द प्रधानले जनकारी दिएका हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares