विदाई समारोह सम्पन्न

सञ्जय निरौला, बिजनबारी, 9 जनवरी


रङ्गली रङ्गलियट खण्ड अधिनस्थ बढ़ा पूमोंग चियाबारी विभागमा गार्डन बाबु रञ्जन गुरूङ, मन्सी बाबु कुमार गुरूङ लगायत १० जना बगान स्टाफ, श्रमिकगणलाई पूमोंग विभागका सह-प्रबन्धक महोदय ज्ञानेन्द्र लामाज्युको सहप्रयासमा बाँसधुरा सार्वजनिक भवनमा एक बिदाई समारोह कार्यक्रमको आयोजन गरियो।

कार्यक्रममा मुख्य अथिति पूमोंग, नामरिङ, जिङलाम चियाबारी प्रभारी तथा भिए एच०आर० चौधरी उपस्थिति थिए। विशिष्ट अथितिमा एस० रघुपति नाइडु समाजसेवी, भूतपूर्व गार्डन बाबु ललित गुरूङको विशेष उपस्थिति थियो भने समारोहलाई टी० बी० गुरूङले अध्यक्षता गरेका थिए।

समारोहलाई   सम्झाना सुन्दासले सञ्चालन गरेका थिए भने स्वागत सम्बोधन वर्तमान गार्डन बाबु श्याम थापाले राखे। समारोहमा सांस्कृतिक नृत्य प्रस्तुति बगान श्रमिक लगायत विध्यार्थीगणले  प्रस्तुत गरेका थिए भने नवदीप युवा सङ्घ गैरीधुरा (लक्ष्मीटोल)-द्वारा गीत प्रस्तुति, रबिन भूसाल, निर्जल गुरूङ, दीपराज गुरूङ, राजेश दीयालीले आ-आफ्नो गीत प्रस्तुत गरेका थिए।

समारोह समय अवधि अवकाशप्राप्त व्यक्तित्वहरू गार्डन बाबु रञ्जन गुरूङ, मन्सी बाबु कुमार गुरूङ, कामदारी धनबहादुर मगर, हेमकुमार राई, सुनिता गुरूङ साथै अन्यलाई पारितोषिक वितरण गर्दै सम्मानसहित बिदाइ गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares