गाडी छ, सडक छैन

मिरिक, ९ जनवरी।


हिउँदको महिना लागि सक्दा पनि ग्रामीण भेगका सडक मार्गहरूको भने उचित मरम्मति नभएकोले चालकहरू सङ्कटमा परेका छन्। मिरिक खण्डको सौरेनी बस्ती, खरबानी, टिङलिङ लिम्बुघुरा, नोलडाँडा लगायतका गाउँमा जाने गाडीको मुख्य सडकदेखि उताको सडकको अवस्था राम्रो छैन।

दागोपापको समयमा जसोतसो गाडी कुद्ने सडकहरू गाउँगाउँमा पुर्‍याउने काम भएको थियो भने आज जीटीए भएर पाँच बर्षको कार्यकाल पूरा गरी अन्तरिम व्यवस्था सञ्चालनमा आइसक्दा पनि मपम्मति हुनसकेको छैन।

अबको यो जीटीएले ग्रामीण क्षेत्रका विकासका लागि ध्यान दिनुपर्ने स्थानीय मानिहरूले बताएका छन्। ‘बर्खा झरीमा गाह्रो, हिउँदमा साह्रो। सडक भत्किएकोले गाडी कुदाउन गाह्रो भइसक्यो,’ एक चालक भन्छन्,  ‘गाडी त छ तर सडक छैन। झोडामा कतिदिन गाडी कुदाउनु?’

निमार्ण भएको सडक मार्गको मरम्मति गरी नाला झोडाको व्यवस्था ठिक गरिने हो भने ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकले पनि निकै सुविधा पाउने कुरा स्थानीय बासिन्दाको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares