You are here

विकासका लागि बैठक

मिरिक,९ जनवरी।


मिरिकको सर्वाङ्गीण बिकास साथै यहाँको पर्यटन क्षेत्रको बिकासको दिशामा नगरपालिका बोर्डले कार्य गरिरहेको छ। मिरिकको बिकासमा नगरपालिकाले गरिनुपर्ने कार्य धेरै छ। जसको निम्ति नगरपालिका बोर्डले आगामी बिहिबारको दिन एउटा सभाको आयोजना गरेको छ। जसमा सम्पूर्ण लाइन डिपार्टमेन्ट, पुलिस प्रशासन  नगरप्रशासन सङ्घ संस्थाका प्रतिनिधि होटल व्यवसायी, पर्यटन व्यवसायी प्रतिनिधिहरूलाई उपस्थित भइदिने आग्रह गरिएको छ।

मिरिक नगरपालिका अध्यक्ष एलबी राईले आज मिरिकमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘मिरिकमा पर्यटन क्षेत्रको बिकासमा जोड दिइरहेका छौं। यसको लागि हामीले सबैबाट सुझावको अपेक्षा गरेका छौँ।‘

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares