You are here

कालेबुङमा 10 वर्षिय नाबालिकसित दुष्कर्मको आरोप: 48 वर्षिय युवक पक्राउ

कालेबुङ, 9 जनवरी: कालेबुङमा आज फेरि एउटी नाबालिकसित दुष्कर्म भएको घटना अघि आएको छ। नाबालिकसित जब्बरजस्ती दुष्कर्म गर्नखोजेको आरोपमा कालेबुङ पुलिसले 48 वर्षिय युवकलाई पक्राउ गरेको छ। उक्त आरोपमा पक्रा पेरका मिडल बोङ्बस्ती निवासी प्रसाद छेत्री(48) विरूद्ध पुलिसले पोस्को एक्टको धारा 4 अन्तर्गत मुद्दा दर्ता गरेर आज कालेबुङ न्यायालयमा पेश गऱ्यो।

घटना अनुसार गत 7 जनवरीका दिन छेत्रीले आफ्नो घर नजिकैको एउटा 12 वर्षिय नाबालिकलाई आफूकहाँ बोलाएर सुनसान ठाउँमा लगेर दुर्षकर्म गर्नखोजेको आरोप छ। छेत्रीले नाबालिकसित जब्बरजस्ती गर्दैगरेको कसैले देखेपछि उनले नाबालिकलाई छोडिदिएको बताइएको छ। नाबालिकले उक्त घटनाबारे आफ्नी आमालाई बताएपछि घटना सार्वजनिक भएको हो।

आरापीले थानामा आएर आत्मसमर्पण गरेका हुन्। पुलिसले उक्त घटनापछि आरोपीविरूद्ध पोक्सो एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज न्यायालयमा पेश गरेको हो। पीडित नाबालिकलाई स्वास्थ्य जाँचको निम्ति कालेबुङ जिल्ला अस्पताल लगिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares