You are here

पहिलोपटक लामागाउँ गोल्डकपमा अफ्रिकी खेलाडी टिमो

सञ्जय निरौला, बिजनबारी, 10 जनवरी।


खेलको माध्यमबाट गाउँलाई बिकाशको मार्ग देखाउन सकिन्छ भन्ने उद्देश्यले गत चार जनवरीदेखि  लामागाँउ वेलफर सोसाइटीको आयोजनामा भइरहेको  गोल्डकपमा पहिलोपटक अफ्रिकी खेलाडी टीमो ग्लेनबोन फुटबल क्लबको जर्सीमा उत्रेका छन्। हिजो स्थानीय लामागाउँ खेलमैदानमा भएको एकमात्र भएको खेलमा रेडपाण्डा फुटबल क्लब नाम्ची बनाम ग्लेनबोन थापागाँउ समालबोङ फुटबल क्लबमाझ भएको खेलमा रेडपान्डा चार शुन्यले बिजयी बन्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।

निक्कै रोमाञ्चपूर्ण भएको खेलको शुरूवातदेखि नै नाम्ची म्याचमा हावी भएको थियो पहिलो हापको दस मिनेटमा नुयेत सेवाको गोलबाट शुरूआत भएको गोल २८ मिनेटमा छिरिङ भोटिया ३० मिनेटमा याकुब बिराव तथा ५० मिनेटमा प्रकाश छेत्रीको गोलमा पुग्दा नाम्ची ४/० ले बिजयी भएको हो।

ग्लेनबोन खेलाडीहरूले खेलमा टक्कर दिएको भए पनि गोल गर्न नसकेपछि पहिलो चरणबाट नै वाहिरीएको हो। पहिलो म्याचबाट नै बिदा भएको अफ्रिकी खेलाडी टीमोलाई दर्सकहरूले अभिनन्दनका साथमा विदा गरेका थिए।

यसभन्दा अघि चौथो दिनको पहिलो खेलमा डाइनमिक फूटबल क्लब दार्जीलिङ बनाम सुम्बुक फूटबल क्लब भएको खेलमा दार्जीलिङ शुन्यको विरूद्ध दुई गोल गर्दै  विजय बनेका छन।

अर्कोतिर खेलको दोस्रो ट्राइ ब्रेकरमा राइजिङ स्पोर्टिङ क्लब रिम्बिक बिजय बनेका छन्। पुलबजारमाझ भएको निक्कै रोमाञ्चपूर्ण म्याचमा खेलको निर्धारित समयमा एक एकको स्कोर भएपछि अतिरिक्त हुँदै खेल ट्राइ ब्रेकरमा पुगेको थियो भने राइजिङले ब्रेकरमा बाजी मार्दै अघिल्लो चरणमा प्रवेश गरेको हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares