तीनधारेको एउटा मन्दिरको मूर्ति तोडफोड र चोरी

खरसाङ, १० जनवरी:


खरसाङ महकुमा अन्तर्गत तीनधारेको २० माइलस्थित सिंहदेवी मन्दिरमा राखिएका मूर्तिहरू तोडफोड एंव चोरी भएको खबर प्राप्त भएको छ। मन्दिरमा राखिएको दुर्गा माताको २ वटा मूर्ति मङ्गलबार राती असामाजिक तत्वहरुले तोडफोड गरेर सडकमा फ्याँकेको अनि अर्को मूर्ति भने चोरी भएको छ।

२० माइलस्थित सिंहदेवी मन्दिर संरक्षण समिति एंव दुर्गा पूजा अनि काली पूजा कमिटीको सचिव शुभङ्कर प्रसादले जनाए अनुसार मङ्गलबार राती असामाजिक तत्वहरुले यहाँको मन्दिरमा राखिएको दुर्गा माताको मूर्ति तोडफोड गरेर सडकमा फ्याँकिदिएको छ। माता  दुर्गाको मूर्ति र सिंहको मूर्ति तोडफोड गरिएको अवस्थामा नै भेटिए पनि अर्को दुर्गा माताको मूर्ति भने चोरी भएको बताएका छन्।

तिनले यस मन्दिरको मूर्ति तोडफोड र चोरी विषयमा तीनधारे पुलिस आउट पोष्टमा प्राथमिकता पनि दर्ता गरेको बताए। सबै भक्तजनलाई यस विषयमा जानकारी गराएको पनि बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares