You are here

स्ट्याण्डिङ कमिटीले पानी दिने

खरसाङ, १० जनवरी।


खरसाङ नगरपालिकाको वाटरवाक्स स्ट्याण्डिङ कमिटीले नगरवासीहरूमा सही रूपमा पानी वितरण गर्ने प्रयास गर्ने भएको छ। बुधबार खरसाङ नगरपालिकाको भवनमा कमिटीको सभा समितिको उपाध्यक्ष एवं वार्ड नम्बर ८ को नगरपार्षद पेम्बा योञ्जनको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा हिउँदको सुक्खा महिनामा नगरपालिका क्षेत्रमा रहेको पानीको समस्या कसरी समाधान गर्ने र प्रत्येक नगरवासीमा कसरी सही रूपमा पानी पुऱ्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ।

सभामा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान ब्रिगेन गुरूङ, वाटरवाक्स स्ट्याण्डिङ कमिटीका सभापति एवं २० नम्बर वार्डको नगरपार्षद सुवास प्रधान, नगरपार्षदहरू श्याम शेर्पा, मोहन राई, पानी वितरण विभागका एसएई मनोज छेत्री लगायत विभागीय कर्मचारीहरू उपस्थित थिए।

लगभग ३ घण्टासम्म चलेको यस सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै नगरपालिकाक भाइस चेयरम्यान ब्रिगेन गुरूङले सही रूपमा पानी वितरण गर्ने विषयमा छलफल भएको बताए।

तिनले बताए अनुसार सभामा नगरपालिका क्षेत्रमा रहेको पानीको समस्या, पानीको वितरण प्रणालीको उचित व्यवस्थापन,पीएचई विभागसितको तालमेल विषयमा चर्चा भयो। कमिटीक सभापति एंव वार्ड नंवर १ देखि वार्ड नंवर १० सम्मको पानी सर्वराह विभागको प्रभारी सुवास प्रधानले भने, यसवर्ष अलिक छिट्टै पानीको समस्या शुरू भएको छ। नगरपालिकालाई पीएचई विभागले रिजर्व ट्याङ्कीमा ल्याईदिएको पानी नगरवासीहरूमा नगरपालिकाले वितरण गर्ने गर्दछ। नगरवासीले नगरपालिकालाई कर तिर्ने गरेकोले पानीको समस्याको निम्ति नगरपालिकालाई दोष दिने गर्दछन्।तर हामीले जतिसक्दो धनी गरीब र सानो ठूलो नछुटाई समानरूपमा पानी वितरण गर्ने गरेका छौँ।

पीएचई विभागका एसएई मनोज छेत्रीले पानीको समस्या समाधानको लागि खरसाङ नगरपालिकाले धेरैवटा परियोजनाहरू कलकत्ता पठाएको अनि यसमा कतिपय परियोजनाहरू पास भएर आएको बताए।

तिनले ती पास भएर आएको परियोजनाहरूमा वार्ड नम्बर ४ को पूर्णिमा कटेज नजिक रहेको सब रिजर्ब ट्याङ्की मरमत्ति, आदर्श स्कूल नजिकको सब रिजर्ब ट्याङ्की मरमत्ति, मुर्दाहट्टी क्षेत्रमा नयाँ पानीको ट्याङ्की बसाउने अनि नगरपालिकाको विभिन्न क्षेत्रमा रहेको चुहुने पानीको पाइपहरू मरमत्ति रहेको पनि बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares