You are here

मन्त्री सोमनाथ पौड्यालद्वारा भीएलडब्लल्यू केन्द्रको उद्घाटन

गान्तोक, 10  जनवरी। दरामदिन निर्वाचन क्षेत्रको लुञ्चोक सलाङदाङ ग्रामपञ्चायत एकाईमा निर्मित भीएलडब्लल्यू केन्द्रको आज कृषि एवं बागबानी मन्त्री सोमनाथ पौड्यालले उद्घाटन गरे। उद्घाटन सत्रमा क्षेत्र विधायक डीएन शेर्पा विशिष्ठ अतिथिको रूपमा उपस्थित थिए। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौड्यालले भने, विभाग होस या कसैले काम  साँचेको राम्रो होइन। आरम्भ गरेको कामलाई पूरा गरेर उपयोगमा ल्याउने काम गर्नुपर्छ। जनताले कुनै राम्रो उद्देश्य लिएर माग राखेका हुन्छन्। जनताको मागलाई समयमा पूरा गर्नुपर्छ। धेरै वर्षदेखि जनतालाई यस भवनको जरुरत थियो यस सुविधाबाट बञ्चित जनताको आवश्यकतालाई अब पूरा भएको छ। सरकार केवल सुविधा उपलब्ध गराउने एउटा माध्यममात्र हो अनि यसको सदुपयोग गरी सुचारू गर्ने जनताको हातमा छ।

प्रजातान्त्रिक प्रणालीमा जनता नै शक्तिसाली हुन्छन्। प्रजातन्त्रले जनतालाई पूरा पावर दिएको हुन्छ। कुनै पनि जनप्रतिनिधि जनताको भरमा बनेको हुन्छ। यसैले जनताले पाउने सुविधा जनप्रतिनिधिहरूले उनीहरूकोमा पुऱ्याउनु पर्छ। जनताको निम्ति सरकारले धेरै कार्यक्रम र योजनाहरू तयार गरेको छ। जनतालाई उठाएर गाउँको विकास गर्न अनिवार्य छ। जनप्रतिनिधिहरूले जनतालाई माया र विश्वास दिनुपर्छ। गाउँलाई उठाउनुछ भने जनता अनि प्रतिनिधिहरूमा एकता आउन आवश्यक छ। मन्त्रीले अझ भने, सिक्किम व्यक्तिवाद र भौतिकवादका कारण पछि पर्दैछ। हाम्रो तीन जाति भोटिया, लेप्चा अनि नेपालीको जुन मिश्रित सोसायटी छ त्यसलाई बचाएर राख्नुपर्छ। राज्य सरकारले गाउँमुखी बजेट छुट्याउने नीति तयार गर्दैछ। गाउँका गरीब जनताको  आर्थिक सुविधालाई बढाउन गाउँमा विभिन्न सुविधाहरू उपलब्ध गराउने एउटा सोच राखेको छ।

मन्त्रीले विभागीय अधिकारीहरूलाई केवल मुखलेमात्र नभएर फिल्डमा गएर काम गर्ने निर्देश दिए। उनले जनता अनि विभागीय अधिकारीगणले उद्घाटित भवनको सदुपयोग गर्ने पनि सल्लाह दिए। उनले भवनमा गुणस्तर फर्निचरहरू हाल्ने निर्देश दिँदै पैसा खाएर काम नगर्ने ठेकादारहरूलाई ठेका नदिने अपील गरे।

आफ्नो सम्बोधनमा क्षेत्र विधायक डीएन शेर्पाले आफ्नो निर्वाचन क्षेत्रमा प्रदान गरिएका सुविधा अनि सहुलियतको निम्ति सरकारलाई धन्यवाद दिए। उनले जनतालाई सकारात्मक हुने अनि जैविक खेतीमा विशेष जोर दिएर काम गर्ने अपील गरे। विधायक शेर्पाले उक्त भवनमा कृषि एवं बागबानी विभागका कामहरु सबैको सुविधा पलब्ध गराइदिने मन्त्रीलाई अपील गरे। उनले स्थानीय जनता अनि पञ्चायतहरूलाई यस भवनको सुरक्षा र उपयोगमा सहयोग पुऱ्याउने पनि अपील गरे।

उक्त भवनको वर्कअर्डर 12 अप्रेल 2012-मा निकालिएको थियो भने निर्माण कार्य 20 नोभेम्बर 2013-मा पूरा भएको थियो। उक्त भवन निर्माणको निम्ते एचसीएम प्याकेज मार्फत 30.38 लाखमा छुट्याइएको थियो। जमीनदाता धनबहादुर छेत्रीबाट पाइएको जानकारी अनुसार पहिले यो भवन निर्माणको निम्ति स्थानीय लेबर कोप्रेडिभ सोसायटीले लिएको थियो। कुनै कारणवस सोसायटीले काम छोडेपछि जमिनदाताले नै यसको निर्माण कार्य पूरा गरेका हुन्। यस दुई तल्ले भवनमा एउटा भोजनालय, दुईवटा ब्याड रूम, एउटा गोदाम, लगभग 150 जनाको निम्ति बस्ने सुविधा भएको भवन अनि एउटा शौचालय रहेको छ। उद्घाटन कार्यक्रममा वविभागीय अधिकारीगण, पञ्चायतगणलगात स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares